झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ। शिक्षकको कु’टाइबाट ती बालकको मृ’त्यु भएको आ’शंकामा प्रहरीले अनु’सन्धान थालेको छ। कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उप’चारका क्रममा मृ’त्यु भएको हो। उनी कक्षा ४ मा अध्ययनरत थिए।
राजवंशीको मृ’त्युपछि विद्यालयको कार्यालय सहायक (खरिदार) पदमा कार्यरत रविन मगरलाई प्रहरीले निय’न्त्रणमा लिएको छ।मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ१८ गते राजवंशीलाई कु’टपि’ट गरेका थिए।
शिक्षकको कु’टाइबाट विद्यार्थीको कान सुन्निएपछि उपचारका लागि त’त्काल स्थानीय कामेश मेडिकल लगिएको थियो। मेडिकलमा सा’मान्य उपचारपछि उनलाई घर पठाइएको थियो। घर पुगेपछि पनि बालकले आफूलाई शिक्षकले कु’टेको कुरा अभिभावकसँग बताएनन्। तर, घरमा कान झनै सुन्निन थालेपछि आफन्तले बारुलाले टोकेको होला भनेर बालकका साथीसँग सोधपुछ गरेका थिए। त्यसपछि राजवंशीका साथीले उनलाई शिक्षकले कान मोलेर यस्तो भएको बताएका थिए।
बालकको स्वास्थ्य अव’स्था झनै बि’ग्रिँदै गएपछि थप उपचारका लागि त’त्काल बिर्ता सिटी हस्पिटल लगिएको थियो। तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि बी एन्ड सी पुर्याइएको जानकारी विद्यालयका एक शिक्षकले जानकारी दिए।
त्यहाँ पनि उपचार सम्भव नभएको भन्दै बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेज पठाइएको थियो। तर, अस्पताल पुर्याएर उपचार सुरु गरेलगत्तै विद्यार्थीको मृ’त्यु भयो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।