Advertisement
SKIP THIS
पत्रकार डेकेन्द्रराज थापाका ह’त्यारा १६ वर्षपछि प’क्राउ

दैलेखका पत्रकार डेकेन्द्रराज थापाको ह’त्यामा संलग्न फ’रार एक अभियुक्त १६ वर्षपछि प’क्राउ परेका छन् ।

दैलेख प्रहरीले महाबु गाउँपालिका–६, का ६८ वर्षीय जयबहादुर शाहीलाई प’क्राउ गरेको हो ।

उनलाई खोजतलासका क्र’ममा दैलेखबाट खटिएको प्रहरी टोलीले प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुप श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद स’जाय तोकिएका शाहीले पूर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन स’जाय भुक्तान गरिसकेका छन् । बाँकी सजाय दिलाउन उनलाई का’रागार चलान गरिएको छ ।

१ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरी ब’न्दीप्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि थुनामु’क्त भई शाही फ’रार थिए ।

पत्रकार थापा द्व’न्द्वकालमा तत्का’लीन माओवादीबाट मारि’एका थिए । द्व’न्द्वकालमा तत्का’लीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएपछि स’मस्या समा’धान गर्न वार्ताका लागि भन्दै बोलाइएका उनलाई साबिकको द्वारी गाविस–१, हालको नौमुले गाउँपालिका–३ मा २०६१ साल साउन २७ गते ह’त्या गरेको थियो ।

माओवादीले ह’त्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरु’द्ध कि’टानी जाहे’री दिएकी थिइन् । त्यसबेला प्रहरीले पाँच जनालाई प’क्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया