काठमाडौं : भारतको उत्तराखण्डको चमोली जिल्लास्थित ऋषिगंगा र धौलीगंगामा बनेको जलविद्यूत परियोजनाको बाँध फुटेको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार आइतबार दिउँसो दुवै आयोजनाका बाँध फुटेका हुन् ।
बाँध फुटेसँगै जलविद्युत आयोजनामा कार्यरत १ सय ५० बढी मजदुर बे’पत्ता भएका छन् । भारतीय सञ्चारमाध्यम जागरणका अनुसार बाँध फुटेसँगै नदिमा आएको बाढीले थप क्षति बनाउन सक्ने भन्दै नदी आपसासका सबै क्षेत्र हरिद्वारसम्म नै अलर्ट जारी गरिएको छ ।
भारतीय जागरण अनलाइनले जनाएअनुसार आइतबार बिहान ऋषिगंगा नदीमा निर्माणाधीन २४ मेगावाटको जलविद्युत आयोजनाको बाँध फुटेको थियो ।
त्यसलगत्तै आएको बाढीसँगै धौलीगंगामा रहेको ५ सय २० मेगावाटको निर्माणाधीन जलविद्युत परियोजनाको बाँध बगाएको हो ।
दुवै परियोजनामा काम चलिरहेको थियो । दुवै जलविद्युत आयोजना नजिक ६ सयभन्दा बढीको संख्यामा मजदुरहरु बस्ने क्याम्प बनाइएका थिए ।