Advertisement
SKIP THIS
भागिनी सम्बन्ध राख्दै स्थानीय सरकार के हो ? भागिनी सम्बन्ध

स्थानीय  सरकार  (गाउँपालिका/नगरपालिका)ले  विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध बनाउन  थालेको  अढाई  दशकभन्दा  बढी  भएको छ । पछिल्लो समयमा स्थानीय तहले यसलाई तीव्रता दिएका छन् ।

हालसम्म  २०  स्थानीय  तहले  चार  दर्जनभन्दा  बढी  विदेशी  स्थानीय  सरकारसँग भगिनी सम्बन्ध स्थापना गरेका छन्  ।  त्यसमध्ये  काठमाडौँ  महानगरले  मात्रै  १७  वटा  समकक्षीसँग  सम्बन्ध  कायम गरेको छ तर सम्बन्धित सरकारी निकाय  वा  मन्त्रालयसँग  यसको  यकिन  आँकडा पाइँदैन ।

स्थानीय  तहलाई  परिपत्र  गरे  पनि  जानकारी नदिएको सङ्घीय मामिला तथा स्थानीय  विकास  मन्त्रालयले  जनाएको  छ  ।  सरकारको  पूर्वस्वीकृति  लिएर  विदेशी सहरसँग भगिनी सम्बन्ध स्थापना गर्नुपर्ने व्यवस्था भए पनि पालना नभएको र  मन्त्रालयलाई  जानकारीसम्म  पनि  नआउने  गरेका  कारण  यससम्बन्धी  कार्यविधि  बनाउन  थालिएको  सो  मन्त्रालयका  उपसचिव  प्रह्लाद  कार्कीले  जानकारी दिए ।

मन्त्रालयले छनोट गरेको परामर्शदाताले काम सुरु गरिसकेको छ । दुईपक्षीय सहयोग र  अनुभव  आदानप्रदान  तथा  नागरिक  कूटनीतिलाई प्रोत्साहन गर्न भगिनी सम्बन्ध राख्न  थालिएको  हो  तर  यस्तो  सहयोग  आदानप्रदान सीमित हुने गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईको प्रतिक्रिया