Advertisement
SKIP THIS
नेपाल विद्युत प्राधिकरणको सटडाउन तालिका सार्वजनिक

धनगढी : नेपाल विद्युत प्राधिकरणले शनिवार मुलुकका विभिन्न स्थानमा विद्युत कटौती हुने जनाएको छ।

मेन्टिनेन्स सटडाउन सेड्युल नै सार्वजनिक गर्दै प्राधिकरणले विभिन्न ठाउँमा विद्युत कटौती हुने उल्लेख गरेको छ।  प्रदेश ५ र प्रदेश १ का ६ वटा फीडरमा विद्युत कटौती हुने जारी सूचनामा भनिएको छ।

प्रदेश ५ को नेपालगञ्ज वितरण केन्द्रमा दिउँसो १२ः३०देखि ४ः३० सम्म सटडाउन हुनेछ भने नेपालगञ्जकै एयरपोर्ट फीडरमा ११ बजेदेखि १२ः३० बजेसम्म विद्युत सटडाउन हुनेछ।

प्रदेश १ को धरान वितरण केन्द्रको धरान फीडरमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म लाइन काटिनेछ।

 

तपाईको प्रतिक्रिया