काठमाण्डौ : नेकपा प्रचण्ड-माधव पक्षले घोषणा गरेको आमहड्तालमा कुनै पनि किसिमको अवरोध वा तोडफोड भए जोसुकैलाई प’क्राउ गरिने प्र’हरीले जनाएको छ । गृह मन्त्रालयबाट स्पष्ट निर्देशन प्राप्त भएको भन्दै प्र’हरीले हिंसात्मक कार्य गर्ने जोसुकैलाई प’क्राउ गरिने जनाएको हो ।
महानगरीय प्र’हरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले भने, ‘उहाँहरुलाई पहिल्यै जानकारी पनि गराइसकेका छौं, तोडफोड हुने स्थिति आए नियन्त्रणमा लिन्छौं ।’
प्र’हरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहका अनुसार बुधबार पसल तथा व्यवसाय खुले निर्वाधरुपमा सञ्चालनका लागि प्र’हरीले सुरक्षासमेत दिनेछ । कुनै पनि अवरोध, आगजनी वा अन्य कार्य नहोस् भनेर अन्य समयभन्दा बढी सुरक्षा परिचालन गरिएको समेत उनले बताए ।
केन्द्रीय प्र’हरी प्रवक्ता वसन्त कुँवर पनि भन्छन्, ‘कानूनको कार्यान्वयन गर्ने हकमा नागरिकको मौलिक हक र स्वतन्त्रतालाई कसैले व्यवधान गर्छ र जोरजबरजस्ती, गैरकानूनी वा हिंसात्मक काम हुन्छ भने प्र’हरीले कडा प्रतिक्रिया जनाउँछ ।’ त्यसका लागि उपत्यकामा महानगरीय प्र’हरी कार्यालयसहित विभिन्न प्रदेश र जिल्लामा रहेका प्र’हरी इकाइबाट विशेष योजना नै बनाएर सुुरक्षा प्रबन्ध मजबुत बनाइएको उनी बताउँछन् ।
महानगरीय प्र’हरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल शान्तिपूर्णबाहेकका गतिविधिलाई निषेध गर्ने गरी योजना बनाइएको बताउँछन् । ‘ड’र, ध’म्की देखाउने, जबरजस्ती रोक्ने जस्ता कार्यलाई प्र’हरीले रोक्छ’, प्र’हरी अतिरिक्त महानिरीक्षक (एआईजी) पालले भने ।
प्र’हरी प्रधान कार्यालयका अनुसार बुधबार बिहान २ बजेदेखि नै उपत्यकामा सादा पोशाकका प्र’हरी टोली निगरानीका लागि खटाइनेछ । आन्दोलन हिंसात्मक हुनखोजे परिचालनका लागि तत्काल नयाँ रणनीति अख्तियार गरिनेछ । ब्याकअपका लागि छुट्टै टोली समेत तयारी अवस्थामा रहने भनिएको छ । प्र’हरी परिचालन व्यापक बनाएर हरेक कुनाकाप्चामा निगरानी राखिने केन्द्रीय प्रवक्ता कुँवर बताउँछन् ।