सुनसरी: सुनसरी सदरमुकाम इनरुवा–१ बलाहास्थित शङ्करपुर शाखा नहरबाट २५० केजी गाँ’जासहित प’क्राउ परेका दुई जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।
पक्रा’उ पर्नेमा गाडी चालक भोजपुर हतुवागडी गाउँपालिका–९ का २७ वर्षीय अर्जुन खड्का र धरान उपमहानगरपालिका–१ का २६ वर्षीय ज्याक्सन श्रेष्ठ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।
धनकुटाबाट को१च ९८५२ नम्बरको स्कारपियो गाडीमा राखेर सुनसरी र मोरङको बाटो प्रयोग गरेर भारततर्फ बिक्री वितरणका लागि लगिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले २५० केजी गाँ’जासहित स्कारपियो गाडी, खड्का र श्रेष्ठलाई नि’यन्त्रणमा लिएको प्रहरी उपरीक्षक जानकारी दिए ।
पक्रा’उ परेका दुवै जनालाई ल’ागुऔ’षध नि’यन्त्रण ऐेन २०३३ बमोजिम अनु’सन्धान शुरु गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।रासस









