अछाम : एक युवकसँग प्रेम सम्बन्ध रहेको र सोही युवकसँग भागेर गए इ’ज्जत जाने डरका कारण आमा बुवाले सुपारी दिएर आफ्नै छोरीको ह’त्या गराएको खु’लेको छ।
रौतहटको माधव नारायण नगरपालिका ७ लौकाहा बस्ने किशोरीको बुवा रामअयोध्या साह तेली, रौतहट परोहा नगरपालिका ४ बस्ने अमृताका भिनाजु छोटेलाल साह, देवाही गोनाही नगरपालिका २ लक्ष्मिनीया करुनियाका शेख अलियास, बहुदल भन्ने ईस्लाम अंसारी, शेख ईम्ताज, कैमुल देवान पुर्पक्षका लागि जेल चलान भएको रौतहटका प्रहरीले जनाएको छ।
मृत’क किशोरीको बुवा सहित ६ जनालाइ अदालतले जेल चलान गरेको तथा मृ’तक किशोरीकी आमा सीता देवीलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए।
गत कार्तिक २६ गते माइतीघरमा आमासँग सुतिरहेको अ’वस्थामा १७ वर्षीया अमृता कुमारी साहलाई क’न्चटमा गो’ली हा’निएको थियो।
सोही घट’नाको बारेमा अ’नुसन्धान गर्दै जाँदा प्रहरीले इज्जत जाने डरले अमृताकै बुवाआमाले रकम दिएर ह’त्या गरा’एको खुलेको थियो।
मृ’तक अमृताको आफ्नै टोलका एक युवकसँग प्रेम स’म्बन्ध रहेको तथा सोही युव’कसँग अमृता भागेर गए इ’ज्जत जाने ड’रका का’रण आमा बुवाले सुपारी दिएर उनको ह’त्या गराएको प्रहरीले बताएको थियो।
गत वर्ष फागुनमा सर्लाहीको विष्णु गाउँपालिका–३ का रुपेश साहसँग मागी विवाह भए पनि अम्रिता माइतीघरमै बस्दै आएकी थिइन्।