Advertisement
SKIP THIS
म्यानमारमा सैनिक शासन

एजेन्सी: म्यानमारमा सेनाले सत्ता हत्याउँदै संकटकाल घोषणा गरेको छ । नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई प’क्राउ गरको केही घन्टापछि सेनाले उक्त जानकारी दिएको हो ।

सेना समर्थित टेलिभिजनबाट भिडियो जारी गर्दै सेनाले एक वर्षका लागि संक’टकाल घोषणा गरेको हो । गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई प’क्राउ गरिएको सेनाले जनाएको छ ।

आजै बिहान स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नि’यन्त्रणमा लिएको सेनाले अब शासन सत्ता प्रधासेनापति मिन आङ हल्याइङको हातमा रहेको बताएको छ।

गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार बनाउन आवश्यक सिट जितेको थियो । तर, सेनाले भने निर्वाचनमा धाँधली भएको आ’रोप लगाउँदै आएको छ । बर्मा पनि भनेर चिनिने म्यानमार सन् २०११ सम्म सैन्य शासन रहेको थियो । सूकीले लामो समय आफ्नै घरमा नै नजरबन्दमा बिताएकी थिइन् ।

सोमबारबाट पहिलोपटक नयाँ संसदको सत्र शुरु हुनुपर्ने थियो तर सेनाले त्यसलाई स्थगित गर्न माग गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया