नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्ने बताएका छन् ।
प्रचण्ड–नेपाल समुहले नेकपाकाले आइतबार माइतीघरमा आयोजित धर्ना कार्यक्रममा बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।
‘यही २३ गते नै केपी ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन रे भन्ने चर्चा पनि चलिहरेको छ । ओलीले घोषणा पनि गर्न सक्छ्न्’, पाण्डले भने ।
उनले सारा प्रतिक्रियावादी शक्तिहरुले अहिले ओलीलाई साथ सहयोग दिइरहेको समेत दाबी गरे ।
गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समुहले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा दैनिक रुपमा विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।