Advertisement
SKIP THIS
हेर्नुहोस आगामि ३ दिनको मौसमी बिवरण

काठमाडौ: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ साथै तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।

बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक /दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू-भागहरुमा बिहानीपख हुस्सु्/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

मंगलबार देशका प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि  उच्च पहाडी तथा हिमाली भु-भागका १ वा २ स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

बुधबार प्रदेश न. १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भू-भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।

बिहिबार देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भू-भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।

 

तपाईको प्रतिक्रिया