काठमाडौं: निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई दिने निर्णय गरेको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार विवरण हेरफेर, संशोधन, परिवर्तन हुन सक्ने नदेखिएको हो ।
साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्षलाई दिने निर्णय भएको उनले बताए ।