Advertisement
SKIP THIS
ओलीले गरे पूर्व ल’डाकूहरुसँग छलफल

काठमाडौं :प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले शनिबार पूर्व ल’डाकूहरुसँग छलफल गरेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जनयु’द्धको अवधिमा गरेको योगदान, त्यागको सम्मान गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘तपाईहरु ढुक्क हुनुस्, हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौं । विगतमा जस्तो धोका पाउनु हुने छैन ।’

भेटमा सहभागी लेनिन विष्टका अनुसार प्रधानमन्त्रीले आफूहरुको सबै मुद्दा सम्बोधन गर्ने बचन दिएका छन् ।

उनले अघि भने, ‘धेरै विषय बाहिर नभन्ने भनिएको छ । तर हामी पार्टीमा उहाँलाई साथ दिन सहमत भएका छौं ।’

तपाईको प्रतिक्रिया