हाम्रो नेपाली समाजमा छोरा भएन छोरी मात्रै भयो भन्दै छोरीको भुर्ण ह’त्या गर्न मानसिकता रहेको छ तर ब्राजिलका एक दम्पत्तिले छोरी पाउने आशै आशमा १३ छोरालाई जन्म दिएका छन् ।
ती दम्पत्तीका सबै छोराहरु १ महिनादेखि १८ वर्ष उमेर समूहका छन् । इरिनुए र उनकी श्रीमती जूसिसिलेडीले छोरी नजन्माएसम्म आफूहरु नरोकिने बताएका छन् । श्रीमती पहिलो पटक गर्भवती भएदेखि नै इरिनुएले छोरी जन्मने आशा गरेका थिए । यी दम्पत्तीले छोरीको नाम पनि जुराइसकेको बताएका छन् ।
यो सिलसिला १३ औं सन्तान भएपछि पनि जारी छ । दम्पत्तीका सबै छोराहरुको नाम अंग्रेजी अक्षर ‘आर’ बाट सुरु हुने दक्षिण अमेरिकी फुटबल खेलाडीहरुको नाममा राखेका छन् ।
दम्पत्तीले अघिल्लो महिना मात्र जन्मेका छोराको नाम ‘क्रिस्टियानो रोनाल्डो’ राखेका छन् । यो परिवार ब्राजिलको कानसिकाओको कोटी इलाकामा बस्ने गर्दछन् ।ऐजन्सि