Advertisement
SKIP THIS
मुख्यमन्त्री डोरमणि पौडेलको पद ध’रापमा

काठमाडौं:वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलवि’रुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ ।

शुक्रवार बसेको प्रदेश सभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सांसद अरुण नेपाललाई मुख्यमन्त्री पौडेलविरु’द्धको अविश्वासको प्रस्ताव सदनमा पेस गर्न अनुमति दिएका थिए । 

अब प्रदेश सभाको आउँदो १९ गते २ बजे बस्ने बैठकमा अविस्वास प्रस्तावमाथि छलफल हुनेछ । प्रदेश सभाका सभामुख श्रेष्ठले अर्को बैठकमा छलफल गर्ने गरि शुक्रवारका लागि बैठक सकिएको जानकारी गराएका थिए ।

गएको पुस १० गते सत्तारुढ नेकपाका प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदहको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता भएको थियो ।

तपाईको प्रतिक्रिया