Advertisement
SKIP THIS
सुत्केरी र उनको शिशुको उपचारमा लापरवाहि भएपछि मंगोलियाका प्रधानमन्त्री द्वारा राजिनामा

उलानाबातारा : मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन् । 

एक सुत्केरी र उनको शिशुको उपचारमा लापरवाहि भएको भन्दै आन्दो’लन भएपछि उनले बिहीबार राजीनामा दिनुपरेको हो । उनको राजीनामा बिहीबार बेलुका नै संसदले पारित गरेको छ । संसदमा रहेका ७६ सांसदमध्ये ९५ प्रतिशतले उनको राजीनामाको पक्षमा मतदान गरेका थिए । 

कोरोना भाइरस आफ्नो देशमा भित्रिन नदिन मङ्गोलियाले गत बर्षदेखि नै नाकाबन्दीलगायतका उच्च सतर्कताका उपायहरु अपनाएको थियो । त्यसबीचमा पनि गत नोभेम्बरमा पहिलो आन्तरिक सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि फेरि प्रतिवन्धात्मक व्यवस्थाहरुलाई थप क’डा बनाइएको थियो । 

कडाइ गर्दा गर्दै पनि एउटा अस्पतालमा नवजात शिशुलाई भर्खरै जन्माएकी महिला र ती शिशुसँग कोरोना भाइरसबाट सङ्क्रमितलाई राखेको भिडियो सार्वजनिक भएपछि सर्वत्र वि’रोध भएको थियो । विरोधसँगै आन्दोलन भएपछि गल्ती भएको भन्दै सरकारको तर्फबाट प्रहरी अधिकारीहरुले माफी माग्दा पनि आन्दोल’न झन झन चर्किदै गएको थियो ।

आन्दो’लनकारीहरुले सरकारी कार्यालयहरु अगाडि विरो’ध प्रदर्शन गरेका थिए । सरकारी अधिकारीहरुले गम्भी’र क’मी कमजोरी र लापर्वाही गरेको आन्दो’लनकारीहरुको आरो’प छ । आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री उख्नाले पनि दुःख व्यक्त गर्दै क्षमा याचना गर्नु भएको छ । उनले भनेका छन्, “प्रधानमन्त्री भएकाले यो घ’टनाको जिम्मेबारी मैले लिन्छु ।” 

“दु’र्भाग्यवस ती आमा र शिशुलाई व्यवस्थापनमा केही कमजोरी भएकै हो, त्यो दृश्य हृद’यविधारक नै छ, त्यसमा सरकारको तर्फबाट गल्ती महसुस गर्दै क्ष’मा याचना गर्न चाहन्छौँ,” उनले थपेका छन् । उनका विरु’द्धमा बुधबार पाँच हजार युवा प्रदर्शनकारीहरुले राजधानीमा प्रदर्शन गरेका थिए । 

उनीहरुले प्रदर्शन गरेको व्यानरमा प्रधानमन्त्रीको राजीनामा पनि मागिएको थियो । राष्ट्रिय वि’पद् आयोगको नेतृत्व गरेका उपप्रधानमन्त्री र विभागिय जिम्मेवारीमा रहेका स्वास्थ्य मन्त्रीले भने प्रत्यक्ष जिम्मेबारी भएकाले आन्दो’लनकारीको द’वावकै कारण यसअघिनै राजीनामा दिइसकेका थिए । 

त्यसैगरी लापर’वाही भएको अस्पतालका प्रमुखलगायत अस्पतालका अन्य जिम्मेबार व्यक्तिहरुले पनि राजीनामा दिएका छन् । झण्डै एक दशक लामो कम्युनिष्ट नेताहरुको शासनपछि सङ्क्रमणमा फसेको मध्य एसियाली लोकतान्त्रीक मुलुक मंगोलियामा नयाँ संविधान जारी भएपछि पनि राजनीतिक स्थायीत्व हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया