धनगढी: वन तथा वातावरण मन्त्री प्रेम आले नेकपा नेता भीम रावल वि’रुद्ध फेरी खनि’एका छन् ।
संसद विघटनपछि रावल वि’रुद्ध अभिव्यक्ति दिदै आएका आलेले फेरी रावलको कडा आलो’चना गरेका हुन् । उनले आगामी चुनावमा भीम रावलले जिते राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।
ऋषि धमलाको कार्यक्रम जनता जान्न चाहन्छमा मन्त्री आलेले यस्तो घोषणा गरेका हुन् । मन्त्री आलेले सकभर रावल निर्वाचनमा उम्मेदवार नै नहुने समेत बताए । साथै ऊनले भिम रावललाई कागको संज्ञा दिएका छन्
‘रावल आगामी चुनावमा अरुलाई प्रत्यक्ष निर्वाचनको टीकट दिएर आफु समानुपातिक उम्मेदवार बन्नेछन्,’ मन्त्री आलले भने ।









