Advertisement
SKIP THIS
नेविसंघ अछामका नेता चन्द्रदेब खनाल उनका भाई चेतराज खनालद्धारा जन्मदिनमा शैक्षिक सामाग्री बितरण

राकेश ताम्राकार अछाम-नेविसंघ अछामका नेता चन्द्रदेब खनाल उनका भाई चेतराज खनालले जन्मदिनको अवसरमा जेहेन्दार तथा अनुसासित विद्यार्थी लाई शैक्षिक सामग्री तथा बिद्यालयललाई समेत शैक्षिक सामाग्री वितरण गरेका छन ।

आईतबार साफेबगर नगरपालीका वडा नं ५ नवाठानामा रहेको कृष्ण माध्यमिक बिद्यालय दहपाटाका कक्षा १ देखि १० सम्मका ३१ जेहेन्दार तथा अनुसासित बिद्यार्थीहरु लाई शैक्षिक सामग्री तथा बिद्यालयललाई समेत शैक्षिक सामाग्री वितरण गरेको नेविसंघ अछामका नेता चन्द्रदेब खनालले बताए ।

जन्मदिनमा फजुल खर्च गर्नु भन्दा थोरै भएपनी बिद्यालयमा अध्यनरत जेहन्दार बिद्यार्थि र बिद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरिएको नेता खनालले बताए ।

कृष्ण माध्यमिक बिद्यालय दहपाटाका प्रधानध्यापक टिकाराम बुढ्थापाको अध्यक्षता सम्पन्न भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालाय व्यवस्थापन समिती अध्यक्ष एवम साफेबगर नगरपालिका वडा ५ का वडा अध्यक्ष उज्जिर साउद प्रमुख अतिथी रहेका थिए भने विशिष्ट अतिथी शिक्षक अभिभावक संघ अध्यक्ष एवम नवाठानाका पुर्व गाविस अध्यक्ष मोति सिंह तिरुवा रहेका थिए ।

तपाईको प्रतिक्रिया