भारतीय प्राइभेट टेलिभिजन च्यानल जी न्युज मिडियाका प्रधानसम्पादक सुधीर चौधरीसँग प्रधानमन्त्री ओलीले दिएको अन्तरवार्तामा भारत नेपाल सम्बन्धका नयाँ आयाम खाका बारे राष्ट्रियताको पक्षमा बोलेको केही देखिदैन । खाली आफूलाई धेरै भारतको परापूर्वकालको समेत ज्ञान भएको कुरामा जिद्दी गरेको स्पष्ट सुन्न सकिन्छ । जसरी प्रधानमन्त्रीले बालुवाटारमा ती विदेशी पत्रकारलाई राजकीय सम्मान दिएको देखियो, त्यो अत्यन्तै लज्जास्पद भद्दा थियोे । समकक्षी जस्तैः रातो कार्पेट माथि उस्तै कुर्सीमा राखेर दिएको अन्तर वार्ता र प्रश्नको जवाफ मेल देखिदैन थियोे । विशेष गरेर अनौठो मान्नुपर्ने कुरा के छ भने तामझामका साथ विगतमा स्वयम प्रधानमन्त्री कै विरुद्धमा उनले चलाउने DNA कार्यक्रममा प्रसारित सामग्री मार्फत आपत्तिजनक भ्रमपूर्ण नेपालको स्वाधीनता,स्वतन्त्रता माथि धावा बोल्ने र प्रधानमन्त्रीको अपमान गरेको केही दिन त नेपाल सरकारले भारतीय मिडियाहरूलाई प्रतिबन्ध पनि लगाएको होईन र ? अझै उनैलाई विशेष आमन्त्रण गरेर बालुवाटारमै तामझामका साथ अन्तर्वार्ता दिइयो ।
त्यसको उपहारस्वरूप सुधीर चौधरीलाई हेलिकप्टर चार्टर गराएर सगरमाथाको बेसक्याम्प सम्म भ्रमण गराइयो । त्यहाँ गएर पत्रकार चौधरीले जुन भिडियो बनाए त्यसमा दिएको उनको अभिव्यक्ति खेदपूर्ण छ । जति निन्दा गरेपनि अपुग हुने सगरमाथामा माथि भारतले दाबी गर्नुपर्छ सम्म भन्ने दुस्साहस गरेका छन् । सगरमाथाको पहिलोपल्ट उचाइ नाप्ने भारतीय गणितिज्ञ राधानाथा सिकदर भएको त्यसले सगरमाथाको नाम माउन्ट सिकदर राखिनुपर्छ र यो अभियानको सुरुवात आफूले र जी न्युजले गर्ने घोषणा समेत गरेका छन् । अत्यन्तै नेपालको भौगोलिक अखण्डतामा र स्वतन्त्रता माथि धावा बोलेका छन् । उनको पछिल्लो पटक उक्त अभिव्यक्ति नेपालका मिडियाले बङ्ग्याएर प्रसारित गरेको भनेर खण्डन त गरेका छन् तर उक्त भिडियो सामाजिक संजाल र मिडियामा शेर गरिरहेका छन् ।
नेपाल सरकारले उनको त्यस्तो सामग्री प्रसारित गर्दा पनि उल्टै नेपालका मिडियाहरूलाई सरकारले धम्क्याउने थर्काउने गरी सुधीर चौधरीले गरेको हर्कतको पक्षपोषण गरेको बचाउ गरेको देख्दा दिक्क लाग्छ । उक्त भिडियो सुनेर कुन स्वाभिमानी नेपालीको मन नरोएको नदुखेको होला ? सगरमाथामाको नाम बदल्ने दुस्साहस उनले कसरी गरे? अझै देशभक्ति पूर्ण सनसनीपूर्ण समाचारको संज्ञा दिएका छन् । उनले अंग्रेजकालमा भएको त्रुटी सच्याउनको लागि जी न्युजले माउन्ट एभरेस्टको नाम बदल्ने अभियान चलाएको उनले बताएका छन् । माउन्टेन सिकदर भन्न पाउनु पर्यो भनेर दाबी गरेका छन् । नेपाली हेलिकप्टर, नेपाली पाइलट, नेपालको आकाश, नेपाली भूमि, नेपाली माटोमा, नेपालको शिरमा टेकेर उनले यो अभिव्यक्ति कसरी किन कसको आडमा यस्तो दुस्साहस आट कसरी गरे ?
अन्डा पहिले जन्मेको हो कि चल्ला पहिले जन्मेको हो भन्ने जस्ता कूतर्क गरेर देशको स्वाभिमान बचाउ सकिदैन । भारत अखण्ड होईन भन्ने तर्क युक्तिसंग छैन । अर्को देशको बारेमा त्यति चासो राख्नेले आफ्नो देशको बारेमा किन नसोचेको होलान् ? प्रधानमन्त्रीले ती सुधीर चौधरीसंग एक प्रश्नको जबाफमा प्रधानमन्त्री ओलीले भारत अखण्ड होइन पाँच सय भन्दा बढी राजा भएको राज्य थिए भन्ने जुन तर्क जबाफ दिनु भएको छ त्यो सत्य होईन । उदाहरणका लागि नेपालमा पनि बाइसे चौबिसे राज्य थिए । त्यसो भए नेपाल पनि अखण्ड थिएन त ? अहिले पनि नेपाललाई सात प्रदेशमा बिभाजन गरिएको छ, देशलाई खण्डमा बिभाजन टुक्राटुक्रा गरिएको छ अनि नेपाल कसरी अखण्ड भयो र रह्यो भन्ने प्रश्न खडा हुँदैन र ? ती राजा भारत वर्ष भित्रका राजा र राज्य थिए । हो पाकिस्तान कसरी बन्यो, बंगलादेश कसरी बन्यो अनि सिक्किमलाई कसरी भारतीयकरण गरियो यतातिर नेपालका प्रधानमन्त्री सोच्नुपर्ने थियोे । बरू त्यो पथमा अग्रसर छन् । राज्यको कार्यकारी प्रमुखले बोलेको कुरा देशले बोलेको हुनुपर्छ । अन्टरसन्ट विषयान्तर गर्न खोजेको देखावटी अघि पछि खुट्टा मल्ने आशीर्वाद थाप्ने नानाथरी कुरा गरेर उनले पत्याउछन त ? नाडी नशा सब छामछुम पारेका हुन्छन् ।
भारतको बाटो गरेर नेपाली भाषी भुटानी शरणार्थी नेपाल छिर्नु दिने पछि नेपालबाट भुटानी शरणार्थीलाईमा भारतबाट भुटान फर्कन नदिने कुरा हाम्रा प्रधानमन्त्रीलाई किन थाहा भएन ? यदि त्यसो भए चिन्ता र चासो देश र जनताको हुनुपर्छ,पर्थ्यो । भारतले बारम्बार नेपालको सिमा मिचेर सैन्य र सामरिक बलले धम्क्याउने कुराको प्रतिवाद गर्नुपर्ने त्यसो गर्न मिल्दैन भनेर अन्तर्राष्ट्रिय मञ्च उभिएर भन्न सक्नुपर्छ । त्यसो नगरी नेपाल भारतको सम्बन्ध राम र लक्ष्मण जस्तो भएको भनेर अथ्र्याउने चेष्टा प्रधानमन्त्रीले गर्नुभयो । भारतले देशको सिमाना मिचेरको छ,कुरा प्रसंग कद र सम्मानले हुन्छ ? भारत र नेपालको सम्बन्ध जनस्तरबाट प्रगाढ गहिरो छ । यो कसैले भन्दैमा हुँदैन स्पष्ट छ । संसारमा कहिँ नभएको विशिष्ट खाले सम्बन्ध छ । भारत र नेपालको भाषिक समानता छ,भेषभूषामा समानता , धार्मिक संस्कृतिक पारिवारिक र भावनात्मक सम्बन्ध जुग देखि चल्दै आएको छ । विवाद हुन्छ त केवल शासनको र शासकको अकर्मण्यता असक्षमता कारण हो । चाकरी गुलामी गर्ने देशमा राजनीति अस्थिरता अराजकता डुबाइरहने देशलाई सधैं गरिबीको रेखामुनि राखिरहने, देशमा भ्रष्टाचार गरिरहने,तिनीहरुसंग कचौरा थापेर भिख माग्ने अनि उनीहरूले हेपेका हुन । हेप्दैनन त ?
जंङ्गे पिल्लए सार्दा सम्म वास्ता नगर्ने जब जन स्तरबाट सिमामा बस्ने नेपालीले भारतको सरकारको विस्तारवादी नीति को विरोध गर्छन् अनि बल्लतल्ल सरकारले अलमल ढुल्मूले पुच्छर हल्लाएर आनाकानी गरेर ढाकछोप थामथुम पार्ने कोसिस गरेको लुकाएर लुक्छ त ? सम्बन्ध प्रधानमन्त्रीले गरेर देशाको स्वाभिमान सार्वभौम भौगोलिक अखण्डता सुरक्षित हुँदैन ? समयमै आफ्नो गाँठो बलियो बनाइनुपर्छ । मान्छे कहाँ जन्मेको हो भन्दा पनि उसले के गर्दैछ बफादार र जिम्मेवारी निर्वाह कसरी गरेको छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ । लिपुलेक लिम्पियाधुरा समेटेर जारी नक्शाताका जनता समाजवादी पार्टीले देखाएको सदासयता र भूमिका देशप्रतिको बफादारी अतुलनीय अदभूत थियोे । जसपाकी सांसद सरिता गिरिले विवादास्पद अभिव्यक्ति दिदा पार्टीको ह्विप जारी गर्दा पनि अटेर गर्दा गिरिलाई जसपाले सांसद पदबाटै बर्खास्त गरिदियोथियोे । यो हो राष्ट्रियता । को राष्ट्रवादी को राष्ट्रघाती भन्ने कुराको कित्ता काट बिभाजन तुलना उसको भाषणले होईन अनुहारले हुँदैन देशप्रति देखाएको इमान्दारिताले प्रष्ट्याउँछ । षड्यन्त्र छलछाम गरेर धेरै चुरिफुरी महत्वाकांक्षी भएर देखावटीले हुँदैन ।
देश भनेको माटो हो । त्यसपछि जनता हुन । के नेपाल सुरक्षित छ ?माटो असुरक्षित छ जनता आक्रान्त छ्न ?तिम्रा ओठे जवाफले के चाट्नु ? खोक्रो राष्ट्रवाद भनेकै कुराले ठिक्क पार्ने भित्र भित्र धमिरो लागेकोलाई भनिन्छ । राम कहाँ जन्मेका हुन त्यो भन्दा राम राज्यमा मानिसले पाएको सुशासन शान्ति अमनचयम महत्त्वपूर्ण कुरा हो । राम बाह्र वर्ष वनबास बस्नुरेको,माँ सीतालाई रावणले अपहरण गरेर लंका लिएको कुरा बाट हामीले के पाठ सिक्ने त्यो जन उपयोग होला । बुद्ध नेपालमा जन्मेका हुन । बुद्ध धर्म मान्ने विश्वमा थुप्रै देश छन् । करोडौं करोड मानिस बुद्ध धर्म मान्छन् , तर अधिकांश हामी नेपाली हिन्दु धर्म मान्छौं । हामी होलिवाइन खान्छौं । तर बुद्ध प्रति गौरव गर्छौं किन ? किन नेपाललाई बुद्ध धर्मको देश घोषणा गर्न सक्दैनौं ? जठी र गाँठी कुरा यहाँ छ ? गर्ने हत्याहिंसा भ्रष्टाचार अराजकता अत्याचार अनि घरको कोठामा बुद्ध भगवानको तस्बिर लिएर सजाएर हुन्छ ?
नेपाली भएर नेपाली नागरिक नेपाली युवा गोर्खा रिजिमेन्ट बि्रटिस गोर्खा,जापानी लाहुरे ,सिङ्गापुर पुलिस जस्ता संस्था इमानदार कर्तव्यबोध कर्तव्यनिष्ठ लगनशील भएर ती देशको सार्वभौमसत्ता र त्यहाँका नागरिकको सुरक्षा रक्षा गर्दछन । अर्को देशको नागरिकलाई आफ्नो देशको सेना जस्तो समवेदनशील कुरामा विश्वास गर्नु कति उच्च सोचाइ होला ? हामी हाम्रै देशका मधेसी मूलका मानिसलाई सेनामा भर्ती हुन नपाउने आफ्नै देशको नागरिकलाई विश्वास नगर्ने ? आफ्नै पार्टीका नेताकार्यकर्ता आफैंलाई विश्वास गर्न नसक्ने ? कुरा भाषण हाइपोथिक गर्ने काम शैली व्यवहार अक्षम्य आडम्बरी प्रतिशोध अवसरवादी अहंकारी हुनु दु:खद पक्ष हो । वर्तमानमा को के गर्दछ देशप्रतिको कसले के गर्दैछन् भन्ने सवाल महत्त्वपूर्ण हुन्छ । पाएको जिम्मेवारी कर्तव्य सम्झेर इमानदार भएर दत्तचित्त अनुशासित भएर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ । विश्वास भनेको सबैभन्दा ठूलो हतियार हो । आफ्नैलाई विश्वास नगर्ने ? आफूलाई ठूलो शासक ठान्ने सोचाइ अधिनायकवादी सोचाइ हो,गैरजिम्मेवार विश्वासघात हो ।
अर्काको देशको विषयमा उनीहरुको कल्चर धर्म संस्कृति भूराजनीतिक बारेमा धेरै टिप्पणी गर्दा उनीहरूले पनि हाम्रो देशको धर्म संस्कृति इतिहास भूराजनीतिक परिस्थितिजन्य कुरामा हात हाल्ने कोसिस गर्छन् गर्छन् । राम नेपालको ठोरीमा जन्मेका हुन,भारत अखण्ड होईन,डबल नेकपाका प्रधानमन्त्री ले भन्दै गर्दा काहीं जसको परिणामस्वरूप नियोजित षड्यन्त्र गरेर जानीजानी सुधीर चौधरीले सगरमाथामा माथि भारतले दाबी गर्नुपर्छ भन्ने आट त्यो हिक्मत दुस्साहस गरेका त होईन ? हुन । कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भएको यहीँ हो । जनता रोगभोकले ग्रसित छन् । कोरोना महाव्याधिले आक्रान्त भयभित छन् । यसलाई चट्क्कै छोडेर कथित खोक्रो राष्ट्रवादको नारा लगाएर आन्तरिक किचलोमा देशलाई भासेर घरमा आगो लगाएर जाडो छल्ने चाहना कदापि उचित होईन । देश भाड्मे गये, आफ्नो निहित स्वार्थमा तल्लीन खोक्रो राष्ट्र वाद मनगणन्ते कुरा गरेर,भाववाचक कुरा देखाए आफूलाई ठूलो राष्ट्र वादी भएको ध्वासे शैली प्रदर्शन गर्नु सुहाउँदैन ।
भरत बहादुर बिष्ट टीकापुर १, कैलाली ।