Advertisement
SKIP THIS
बिमा कम्पनीले मृ’त्युको प्रमाणपत्र माग गरेपछि मृ’तकका आफन्तले श’व लगेपछि

 तपाईं हामीमध्ये धेरैले जीवन बीमा गराएकै छौँ होला । बिमितले खुरुखुरु बीमा प्रिमियम चुक्ता गर्ने तर जीवन बीमाको दाबी भुक्तानी माग गर्न जाँदा बीमा कम्पनीले अनेक खालका झण्झ’ट लगाउने गरेको गुनासो सुन्न पाइन्छ ।

दक्षिण अफ्रिकामा पनि हालै यस्तै एउटा घट’ना भएको छ । जीवन बीमाको दाबी भुक्तानी माग्न जाँदा बीमा कम्पनीले मृत्युको प्रमाणपत्र माग गरेपछि मृत’कका आफन्तले विमितको श’व नै बोकेर बीमा कम्पनीको कार्यालय पुगेका छन् ।

४६ वर्षका सिफिसो जस्टिस म्हेल्गोको मृत्यु गत ७ नोभेम्बरमा भएको थियो । उनले जीवित छँदा आफ्नो जीवन बीमा गरेका थिए । त्यसैले उनको मृ’त्युपछि उनका परिवारजन बीमा दा’बी भुक्तानी माग गर्दै बीमा कम्पनीको अफिसमा पुगे । तर बीमा कम्पनीचाहिँ सिफिसोको मृ’त्यु भएको पत्याउन तयार भएन । बीमा कम्पनीका कर्मचारीले उनको मृ’त्यु भएको प्रमाण पेश गर्न निवेदकलाई आग्रह गरे ।

त्यसपछि मृतक सिफिसोका परिवारजन उनको मृ’त्युको प्रमाणको रुपमा उनकै ला’श बोकेर बीमा कम्पनीको कार्यालयमा पुगे ।–एजेन्सी

तपाईको प्रतिक्रिया