धनकुटा: गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आ’रोप लगाएका छन् ।
नेकपा धनकुटाको केपी ओली पक्षले शनिवार जिल्ला सदरमुकाममा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै थापाले पार्टी विभाजन हुँनुमा राजावादीको मूख्य भूमिका रहेको आरो’प लगाएका हुन् ।
राजावादीहरुकै षड्यन्त्रका कारण नेकपाभित्र विवाद निम्तिएको थापाको दावी छ । ‘जब हामीले देशमा राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गर्यौं, त्यही बेलादेखि प्रतिगामी शक्तिहरुले कसरी आफ्नो गुमेको सत्ता र शासनलाई पुर्नस्थापित गर्ने भनेर षड्यन्त्र थालेका थिए ।
थापाले भने–‘नेकपा एकतावद्ध भएर मुलुक समृद्धिको दिसातर्फ अघि बढ्न थालेपछि उनीहरुले नेकपालाई विभाजन नगराई आफ्नो शासन सत्ता नफर्कने देखेर पार्टीभित्रका कमजोरीलाई केलाउँन थाले । नेकपाभित्रका असन्तुष्ट समुहलाई उक्साए उत्तेजित बनाएर उनीहरुले पार्टी बिभाजन गराउँन सफल भए ।’
राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन नपाएर असन्तुष्ट हरेका अवसरवादीहरुलाई उचालेर राजावादीले चलखेल गरेको उनको तर्क छ । राजावादीको डिजाईन अनुसार नै १९ पेजको आरोपपत्र आएको दावी गर्दै उनले प्रतिगामी र अवसरवादीसँग आत्मासमर्पण गरेर प्रधानमन्त्री पद त्याग्नुभन्दा संसद् विघटन गुर्न उत्तम भएकाले प्रधानमन्त्री ओलीले नयाँ जनादेश रोजेको बताए ।
नेकपा बिभाजन हुँदा मुलुकमा अस्थिरता आउने भएकाले सहपार्टीदेखि सवै जनता विभाजनप्रति असन्तुष्ट रहेको भएपनि राजतन्त्र फर्काउने षड्यन्त्र गरिरहेका प्रतिगामी सक्तिहरुले खुशीयाली मनाईरहेको थापाले बताए । यो समाचार आजको राजधानी दैनिकमा रविन कटेलले लेखेका छन् ।