काठमाडौं :नेकपा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रचण्ड समूहलाई भैंसी चुनाव चिन्ह लिन सुझाव दिएका छन ।
युवा संघ नेपाल सर्लाहीले शुक्रबार गरेको कार्यक्रमका नेता बस्नेतले प्रचण्ड समूहले सूर्य चिन्ह नपाउने बताए । नेता बस्नेतले भैंसी वा बयलगाडा चुनाव चिन्ह छान्न प्रचण्ड समूहलाई सुझाव दिए ।
चतारामा प्रचण्डले भैंसी पूजा गरेको ठाउँमा आफू पुगेर आएको बताउँदै बस्नेतले उनलाई त्यही भैंसी चुनाव चिन्ह लिएर चुनाव लड्न सुझाव दिए।
‘तपाईं बि’ग्रिएको राजनीति सुधार्न भैंसी पूजा गर्न चतारा जानुभएको थियो, त्यही चिन्न लिएर चुनाव लड्नुस्’- बस्नेतले भने।
बस्नेतले प्रचण्ड समूह एक्लै वा अरुसँग मिलेर आएपनि नेकपा चुनाव लड्न तयार रहेको बताए ।
‘भैंसी रोज्ने कि बयल गाडा रोज्ने रोज्नुस्, एक्लै आउने कि कांग्रेस वा समाजवादीसँग मिलेर आउनुस्, हामी तपाईहरुसँग सूर्य चिन्ह लिएर लड्न तयार छौं’- बस्नेतले भने ।
केपी ओलीलाई समप्त गरेर नेपालको कम्युनिष्ट आ’न्दोलन कब्जा गर्ने प्रचण्डको ष’ड्यन्त्र असफल भएको पनि उनले बताए ।
केपी ओलीलाई खानामा वि’ष हालेर खुवाई समाप्त पार्न खोजिएको खुलासा गर्दै बस्नेतले त्यो सफल हुन नसकेको बताए ।