Advertisement
SKIP THIS
प्रचण्ड माधव पक्षले ओलीलाई स्पष्टिकरण सोध्ने,विष्णु पौडेललाई कार’वाही गर्ने

काठमाडौं: नेकपा प्रचण्ड माधव पक्षको स्थायी समिति बैठकले पार्टीले कार’वाही गरेका केपी ओलीले पार्टी विधान, उद्देश्य र लक्ष्य विपरित गतिविधि गरेको भन्दै ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

साथै, महासचिव विष्णु पौडेलले समेत पार्टी निर्णय विपरित काम का’रवाही गरेकाले उनलाई का’रवाही गर्ने निर्णय गरेको नेता भीम रावलले बैठकपछि जानकारी दिए ।

त्यस्तै माघ १६ गते काठमाडौंमा विशाल प्रदर्श’न गर्ने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले १६ गते प्रदर्शन गर्ने निर्णय गरेको नेता रावलले जानकारी दिए । नेकपाले संसद् विघ’टन वि’रुद्ध प्रदर्शन गर्दै आइरहेको छ ।

त्यस्तै बैठकले भारतीय पत्रकार सुधीर चौधरीले सगरमाथाका बारेमा दिएको अभिव्यक्तिको वि’रोध लगायतका ५ वटा विशेष प्रस्ताव गरेको छ । त्यस्तै आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने पनि बैठकले निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया