Advertisement
SKIP THIS
परराष्ट्रमन्त्री ज्ञवालीको भारतमा ना’ङ्गो नाच

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दुई देशबीच सम्बन्ध सुधारका लागि तीन दिने भारत भ्रमणमा छन् ।

नेपाल-भारतको वि’वाद समाधानका लागि उनी बिहीबार भारत प्रस्‍थान गरेका हुन् । नेपाल-भारतको सीमा वि’वादलाई ज्ञवालीले कसरी प्रस्तुत हुन्‍छन् भन्‍ने आम नेपालीमा चासो थियो ।

भारतले आफ्‍नो दाबी गरेको तर पछिल्‍लोपटक नेपालले आफ्‍नो नक्‍सामा समेटिएको कालापानी, लिपुलेक र लिम्‍पियाधुराको विषय परराष्ट्र मन्त्रीस्तरको बैठकमा टुंगोमा पुग्‍छ भन्‍ने आम अपेक्षा थियो ।

नेपालीको अपेक्षा हुनु स्वाभाविक नै हो, तर उनी शुक्रबार सहभागी भएको एक कार्यक्रमले नेपालीहरुलाई खल्‍लो बनायो ।

शुक्रबार इण्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्स (सप्रु हाउस)ले आयोजना गरेको कार्यक्रम सहभागी भएर ज्ञवालीले राम्रै मन्तव्य दिए । तर उनले मन्तव्य दिइरहँदा पछाडि राखिएको ब्यानरमा देखिएको नक्‍साले उनलाई गिज्‍याइरहेको थियो ।

उक्‍त नक्‍सामा नेपालको कालापानी, लिपुलेक र लिम्‍पियाधुरा भने गायब थियो । सो कार्यक्रमको ब्यानरमा नेपालको नयाँ नक्‍सा राख्‍नुको सट्टा पुरानै नक्‍सा राखिएको थियो ।

कार्यक्रममा विज्ञ, विश्‍लेषक, सञ्‍चारकर्मीलगायतको सहभागी सो कार्यक्रममा उनले गर्वका साथ भने, ‘भारतसँगको कनेक्‍टिभिटिले नेपाललाई भूपेरिवेष्‍ठितबाट भू-जडित बनाउन मद्दत पुर्‍याउने छ ।’ 

गत साउनमा सरकारले आफ्नो अद्यावधिक नक्सा अन्तर्राष्ट्रिय जगतलाई पठाउने तयारी गरे पनि हालसम्म त्यो हुन सकेको छैन ।

गत साउनमा तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा अर्यालले अन्तर्राष्ट्रिय जगतमा पठाउनका लागि ४ हजारप्रति नक्सा छपाइ भइरहेको जानकारी दिएका थिइन् ।

सरकारले जेठ ७ गते कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहित भूभाग समेटी नयाँ नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको थियो।

जेठ २ गते राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै अतिक्रमित कालापानी, लिपुलेक तथा लिम्पियाधुरासमेत समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

संसद्ले निशान छापमा नेपालको नयाँ नक्साको आकृति राख्‍न दर्ता गरिएको विधेयक पारित गरेको थियो ।

२०७६ कात्तिक १८ मा भारतले नेपालको भूभाग समेटेर नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको व्यापक वि’रोध भएको थियो ।

सरकारले संविधानविपरीत प्रतिनिधिसभा वि’घटन गरेर स्वतः सरकार कामचलाउ बनेको अ’वस्थामा भ्रमण गर्न नहुने सुझाव थियो । 

ज्ञवालीले शुक्रबार बिहान हैदरावाद हाउसमा आफ्ना समकक्षी भेटेका छन् । साढे एघार बजे नेपाल-भारत संयुक्त अयोगको छैटौं बैठक बसेको थियो ।

तपाईको प्रतिक्रिया