Advertisement
SKIP THIS
ओलीमाथि लगाइएको आ’रोपपत्र फिर्ता लिए पार्टी एकता हुन्छ ,उपप्रधानमन्त्री पोखरेल

झापा : उपप्रधानमन्त्री ईश्वर पोखरेलले अझैपनि पार्टी एकताको सम्भावना रहेको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लेमंगलबार विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कानुनतः विभाजित नभएपनि सारमा पार्टी विभाजित भएको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको आ’रोपपत्र फिर्ता लिए एकताको सम्भावना रहेकोे बताएका हुन् । 

उनले आ’रोपपत्र फिर्तासँगै दाहाल–नेपाल समूहले सरकारले वैशाख १७ र २७ गते घोषणा गरिएको निर्वाचनलाई स्वीकारेर आएमा एकता हुनेमा दुई मत नरहेको उल्लेख गरे । उनले पार्टी एकता नभए ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक हुने दाबी गरे । 

उपप्रधानमन्त्री पोखरेलले कार्यकर्तालाई पार्टी आधिकारिकता र सूर्य चिन्हका बारेमा धेरै चिन्ता लिन आवश्यक नरहेको बताउँदै भने, “प्रम ओलीले नेतृत्व गरेको पार्टी नै नेपाल कम्युनिष्ट पार्टीको आधिकारिक पार्टी हो, सूर्य चिन्ह पनि आधिकारिक पार्टीको हुन्छ, तपाईहरुले धेरै चिन्ता लिनुपर्दैन ।”

उनले दाहाल–नेपाल समूहले हास्यास्पद मुद्दा झिकेर पार्टीमा लफ’डा गरेकै कारण संसद् वि’घटन गर्नुपर्ने परिस्थितिको सिर्जना भएको आ’रोप लगाए ।

निर्वाचन आयोगले निर्वाचनको तयारी शुरु गरिसकेको अवस्थामा दाहाल–नेपाल समूहले जनतासँग डरा’एर चुनाव रोक्न दबा’ब दिएको नेता उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया