Advertisement
SKIP THIS
एक पटक पढ्नुहोस ,चाणक्यका ३ नीति

आचार्य चाणक्य नीति शास्त्रमा जीवनसँग जोडिएका थुप्रै पाटोको कुरा गरिएको छ ।

चाणक्यले धनमा व्यापार, सफलता र स्वास्थ्य सम्बन्धि थुप्रै समस्याको हल पनि बताएका छन् । चाणक्यका अनुसार हामी धेरैजसो कुनै पनि कार्यका लागि सोच विचार नै नगरी त्यसमा लाग्ने गर्छौं जसका कारण सफलताका लागि संशयको स्थिती बन्ने गर्छ ।

चाणक्यका अनुसार कुनै पनि नयाँ कार्यको सुरुवात अघि व्यक्तिले तीन प्रश्नको जवाफ पाउन आवश्यक छ । चाणक्य नीति शास्त्रमा यी तीन प्रश्नको जवाफ दिइएको  छ। 

१. यो कार्य किन गर्ने ?
चाणक्यका अनुसार कुनै पनि कार्यको उद्देश्य स्पष्ट हुन आवश्यक छ । अस्प’ष्टता, अज्ञानता र भ्र’मको स्थितीमा काम गर्नु राम्रो होइन । यस्ता कार्यमा सफलता पाइँदैन । कार्य व्यवहारमा मानिसहरुको नियन्त्रण रहँदैन । त्यसैले उक्त काम किन गरिँदैछ भन्ने कुरा पहिले नै स्पष्ट हुनुपर्छ । 

२. यो कामको परिणाम के होला ?
चाणक्यका अनुसार कार्यगत परिणाम के हो, कार्य पूरा भएपछि अल्पका’लीन र दीर्घ’कालीन परिणाम कस्ता हुनेछन् ? नीजि लाभको दायरामा बसेर गरिएको कार्यको दीर्घ’कालीन परिणाम राम्रो हुँदैन । अ’न्त्यमा यसले अहित नै निम्त्याउँछ । त्यसैले मानिसले कुनै पनि कार्यको सुरुवात अघि नै त्यसको परिणामबारे विचार गर्न आवश्यक हुन्छ । 

३. के म सफल हुन सकूँला ?
चाणक्यका अनुसार सबैभन्दा महत्वपूर्ण प्रश्न नीजि योग्यता र संकल्पशक्तिसँग सम्बन्धित छ । कार्यको उद्देश्य, परिणामबारे विचार गरेपछि व्यक्तिले आफ्नो सफलतामाथि पनि विचार गर्नुपर्छ । आजको समयका लागि यो सबैभन्दा महत्वपूर्ण प्रश्न हो । धेरैजसो मानिसहरु आत्म मूल्यांकन बिना नै कार्यमा जुट्ने गर्छन् । यस्तोमा उनीहरुको सफलतामाथि संश’यको स्थिती रहन्छ । ऐजन्सि

तपाईको प्रतिक्रिया