काठमाडौं : नौ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपीलाई वरिष्ठ उपरीक्षक एसएसपी बढुवा गरिएको छ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शुक्रवार गरेको कायम मुकायमकोे पत्र आइतबार सश’स्त्रको मुख्यालयमा पठाइएको छ।
सश’स्त्र प्रहरी उपरिक्षक रेशम कुमार थक्सु पहिलो नम्बरको वरिष्ठ उपरिक्षकमा बढुवा भएका छन्। प्रेम ध्वज शाह, गाहार धन राई, सोम बहादुर गुरुङ, सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी, पुरुषोत्तम थापा र अन्जनी कुमार पोखरेल लाई एसएसपीमा बढुवा गरिएको छ।
सश’स्त्र प्रहरी नियमावली अनुसार एसपी पदमा ४ वर्ष सेवा अवधी नपुगेको कारण उनीहरुलाई कायम मुकायम एसएसपीमा बढुवा गरिएको हो। पहिलो नम्बरमा बढुवा गरिएका थक्सु नेपाल प्रहरीबाट एपिएफमा सेवा स्थानन्तरण गरेर आएका हुन्।