निराकरण सम्वाददाता अछाम:बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले जेष्ठ नागरिक समाजका दस्ताबेज भएको बताएका छन्।
बान्नीगढी जयगढ गाउँपालिका द्धारा वडा नं १ गाज्रामा जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गर्दै उहाले सो कुरा बताएका हुन ।
सोहि कार्यक्रमा बोल्दै गाउँपालिका अध्यक्ष खड्काले बान्नीगढी सरकारले प्रदान गर्ने सेवामा जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर न्यायोचित ढङ्ग बाट काम गर्दै आएको आगामि दिनमा समेत पहिलो प्रथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
आगामि दिनमा समेत जेष्ठ नागरिकलाई लक्षित गरि कार्यक्रम अगाडि बढाउने उहाँले बताउनु भयो । जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गर्ने कार्यक्रम मंसिर महिनामै बान्नीगढी जयगढ गाउँपालीकामा सुरु गरिए पनि गाउँ पालिकामा एका एक कोरोना संक्रमित बढ्दै गएकाले केही ढिलो हुन गएको महिला तथा बालबालीका शाखा प्रमुख अप्सरा कुवरले बताईन।
वडामा बिपन्न पछाडि परेका छोरा बुहारीको समेत आर्थिक अवस्था कमजोर भएका नागरिक छनोट गरि न्यानो कपडा बितरण गरिएको बान्नीगढी जयगढ गाउँपालिका वडा नं १ गाज्राका वडा अध्यक्ष हिरिण्ड बहादुर खड्काले बताए ।
बान्नीगढी जयगढ गाउँपालीका महिला तथा बालबालीका शाखाको सहयोगमा गाज्राका १४ जना जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरिएको हो ।
न्यानो कपडा बितरण कार्यक्रमा बान्नीगढी जयगढ गाउँपालिका वडा नं १ गाज्रका वडा सदस्य लक्ष्मण सुनार,दलित महिला सदस्य पार्वती कडारा पुर्व गाबिस अध्यक्ष हिक्मत खड्का लागयतको उस्थीत रहेको थियो ।
।