Advertisement
SKIP THIS
गायक बद्री केसी मृ’त भेटि’ए

लण्डन : करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी म’त भेटिएका छन् ।

शुक्रबार अपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डि’को अव’स्था भेटि’एको समाजसेवी एवम् पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।

पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आउनुभएको थियो । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्केका केसी पुनः बेलायत फर्किएका थिए । लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनका चिरपरिचित गायक थिए ।

उनी पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्थे भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए ।

आ’त्मह’त्याको का’रण अझै खुल्’न सकेको छैन भने घट’नाबारे लण्डन प्रहरीले अनु’सन्धान थालेको छ ।

रासस

 

तपाईको प्रतिक्रिया