Advertisement
SKIP THIS
मानिसहरुलाई पैसा दिएर बस रिजर्भ गरेर धनगढीमा प्रधानमन्त्रीको भेला

काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिट’लर जस्तै ता’नाशाह भएको टिप्पणी गरेका छन् ।

सम्पर्क समन्वय कमिटीले गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको बताए । कहिले काहीँ पार्टीको ग’ल्तीका कारण ता’नाशाहहरु जन्मिने भन्दै उनले त्यसविरु’द्ध फेरि संघ’र्ष गर्दै जानुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता खनालले शुक्रबार धनगढीमा ओली समूहले गरेको सभालाई पञ्चभेलासँग तुलना गरे ।

मानिसहरुलाई पैसा दिएर बस रिजर्भ गरेर गराएको भेला २०४६ साल अगाडि पञ्चहरुले गर्ने भेला जस्तै भएको उनले बताए । २०४६ साल अगाडि पञ्चहरुले देशभर भेला गर्दै हिडेका पञ्चहरुको अहिले इतिहास मेटिएर गएजस्तै केही वर्षमै केपी ओलीको पनि अस्ति’त्व समा’प्त हुने खनालको दा’बी छ ।

कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम खारेज देश प्रतिगमनतर्फ जाने बताए ।

 

तपाईको प्रतिक्रिया