ईलाम :भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पूर्वी सीमावर्ती क्षेत्रमा ज’बर्जस्ती पिलर गाढेपछि स्थानीयले ल’खेटेका छन् ।
सूर्याेदय नगरपालिकाको हिलेभञ्ज्याङमा एसएसबीले हिजो राति पिलर गाढेको थाहा पाएपछि त्यहीं पुगेर स्थानीयले प्रति’कार गरेका छन् ।
स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि एसएसबी आफूले गाढेको पिलर उखेलेर पछि ह’टेको छ ।
सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बिओपी)का इन्स्पेक्टर नवीन खतिवडाले एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस)ले देखाएको ठाउँ भन्दै नेपाली भू–भागपट्टि पिलर गाढ्ने प्रयास गरेको बताए ।
‘हामी कसैलाई थाहै नदिई वि’वादित ठाउँमा एसएसबीले पिलर गाढ्न खोजेको रहेछ,’ उनले भने, ‘हामी राति नै त्यहाँ पुगेका थियौं, स्थानीयसमेत पुगेर वि’रोध गरेपछि एसएसबी फर्किएको छ ।’
भारतले सीमाक्षेत्रमा राखेको एसएसबीको बिओपीमा नयाँ नेतृत्व आएपछि यहाँ पिलर गाढ्ने प्रयास गरेको उनले बताए ।
‘सम’स्या समाधानका लागि अहिले (सोमबार बिहान १० बजे) एसएसबीसँग हाम्रो छलफल छ,’ इन्स्पेक्टर खतिवडाले भने, ‘पिलर कहाँ गाढ्ने भन्ने यकिन नभएका बेला एकतर्फी रूपमा सीमा यकिन गर्न खोज्दा थप सम’स्या हुनसक्ने भएकाले छलफल गर्न लागिएको हो ।’