मुम्बई : भारतमा कोरोना भ्याक्सिनको प्रतिक्षा अब समाप्त भएको छ । ड्रग कन्ट्रोलर अफ इन्डिया (डिसिजीआई) ले दुुईवटा भ्याक्सिनलाई आप’तकालिन प्रयोगका लागि अनुमति दिएको छ ।
यसअघि नै भारतका स्वास्थमन्त्री डाक्टर हर्षबर्धनले सबै नागरिकलाई निशुल्क खोप लगाउने घोषणा गरिसकेका छन् ।
सिरम इन्स्टिच्युट अफ इन्डियाद्धारा विकसित कोविशिल्ड भ्याक्सिन र भारत बायोटेकको कोभ्याक्सिनले प्रयोगको अनुमति पाएका हुन् । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँगको सहकार्यमा स्वदेशी कम्पनी भारत बायोटेकले को–भ्याक्सिनको विकास गरेको हो ।
कोविशिल्ड भने बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा एस्ट्रेजेनेकाले विकास गरेको हो, यसलाई सिरम इन्स्टिच्युटले भारतमा उत्पादन गरिरहेको छ ।
कोरोना महा’मारीसँग जुधि’रहेको भारतमा लामो समयदेखि भ्याक्सिनको प्रतिक्षा थियो । डिसिजिआईबाट अनुमति मिलेसँगै अब भारतमा कोरोना भ्याक्सिनको प्रयोग सुरु हुनेछ ।