बर्दिया: पाटेबाघको आक्र’मणमा परि महिलाको ज्यान गएपछि पूर्व–पश्चिम राजमार्गको बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल र मोटरसाइकल चलाउन रोक लगाइएको छ ।
हिंस्रक जनावरको आक्र’मणबाट हुने सम्भावित जो’खिम कम गर्नको लागि अम्रेनी–कर्णाली चिसापानी सडकमा शनिबार देखि राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँडडुलमा रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
राजमार्गमा पाटेबाघको चहलपहल बढेकाले सुरक्षित रहनको लागि पनि निकुञ्जले अनुरोध गरेको हो ।