Advertisement
SKIP THIS
सन्दीपले दुई विकेट लिएपछि होबार्ट हुरिकेन्स विजयी

काठमाडौँ : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा आफ्नो पहिलो खेलमा दुई विकेट लिएपछि उनको टोली होबार्ट हुरिकेन्स विजयी भएको छ ।

होबार्टले मेलवर्न स्टार्सलाई आज भएको खेलमा २१ रनले पराजित गरेको हो । लामिछानेले चार ओभर बलिङ गर्दै ३८ रन खर्चिए । लमिछानेले आफ्नो पहिलो र चौथो ओभरमा विकेट लिएका हुन् । उनले मेलबर्नका हिल्टन कार्टराइट र बेन डङ्कलार्यको विकेट लिएका हुन् ।

चौध दिनको अनिवार्य क्वारेन्टिनको समय सकिएपछि लामिछानेले आज पहिलो खेल खेलेका हुन् । टस हारेपछि लामिछानेको टोली होबार्टले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको  थियो । होबार्टका लागि बेन म्याकड्रेमटले ३१, डविड मलानले ७५ रन बनाए ।

एक सय ४६ रनको लक्ष्यका साथ ब्याटिङ गर्न उत्रेको मेलबर्न स्टार्स २० ओभरमा नौ विकेट गुमाउँदै १४३ रन मात्र बनायो । मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले ७० रन बनाए । बलिङतर्फ होबार्टका लागि लामिछानेसँगै स्कट बोलान्डले तीन विकेट लिए ।होबार्टमा आवद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्र’मणका कारण यस यामका शुरुआतका छ खेल गुमाएका थिए ।

नेपालमै छँदै उनी कोरोनाबाट सङ्क्र’मित भएका थिए । अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने भएका कारण उनी प्रारम्भका छ खेल खेल्नबाट वञ्चि’त भएका हुन् । होबार्ट हालसम्म खेलेका सात खेलमा पाँचमा जित तथा दुई खेलमा हारका साथ १८ अङ्क जोड्दै आठ टोली सम्मिलित बिग बासको दोस्रो स्थानमा उक्लिएको छ । होबार्टले अब अर्को खेल सोमबार खेल्ने छ । रासस

 

तपाईको प्रतिक्रिया