Advertisement
SKIP THIS
प्रचण्ड–नेपालको हा’लत रत्नपार्कमा औषधी बेच्नेको जस्तै हुन्छ

काठमाडौं:प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रचण्ड–माधव नेपाल पक्षको हाल’त रत्नपार्कमा औषधी बेच्नेको जस्तै हुने बताएका छन् ।

शनिबार काठमाडौं जिल्ला कार्यसमितिको आफूपक्षीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाल पक्षसँग गन्तव्यमा पुग्ने कुनै एजेण्डा नभएको पनि दा’वी गरे ।

‘गन्तव्यमा पुग्न  राजनीतिक एजेन्डा हुनुपर्छ । उहाँहरुको एजेन्डा देश होइन, जनता होइन, संविधानको रक्षा होइन’, उनले भने, ‘रत्नपार्कमा औषधी बेच्नेले पनि केही मानिस जम्मा गरेको हुन्छ, अब उहाँहरुको अबको हा’लत त्यस्तै हो ।’

उनले सरकारलाई काम गर्न नदिएकोले संसद् विघ’टन पनि दावी गरे ।

तपाईको प्रतिक्रिया