धनगढी: मोटरसाइकलमा सवार कैलालीका आमाछोरा माथि पाटेबाघले आक्र’मण गरेको छ।
जिल्लाको लम्किचुहा नगरपालिका–४ का युवक र उनकी आमा ५० वर्षीय नन्कला थापामाथि बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक बाघले आ’क्रमण गरेको हो।
मोटरसाइकलमा रहेकी महिलालाई पाटेबाघले झ’म्टेर लगेको छ।
आमाछोरा स्कुटरमा घरतर्फ आउन लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर महिलालाई पाटेबाघले आ’क्रमण गरेर लगेको बताइएको छ।
मोटरसाइकल चलाइरहेका छोरालाई सा’मान्य चो’ट लागेको छ भने महिलाको श’व अझैं फेला परेको छैन।
अहिले निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गरिरहेको बताइएको छ।