Advertisement
SKIP THIS
घर घरमै सामाजिक सुुरक्षा भत्ता पाउँदा बान्निगढीका नागरिक खुसि

निराकरण सम्वाददता अछाम -बान्निगढि जयगढ गाउँपालिका नागरिक लाई घर घरमै सामाजिक सुुरक्षा भत्ता बितरण कार्य अन्नतरगत शुुक्रबार वडा नं ६ दर्नाको वडा कार्यलयमा बितरण गरिएको छ।

बान्निगढि जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का सुरक्षा कर्मि पत्रकारको रहोबरमा बैकका कर्मचारीले वडा नं ६ दर्नाको वडा कार्यलयमा सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिक अशक्त एक महिला गरि करिव १ सय ५० नागरिकलाई सामाजिक सुुरक्षा भत्ता बितरण गरिएको सिभिल बैंक जयगढ शाखा यज्ञमान खड्काले जानकारी दिए। आफ्नो घर आगनमै भत्ता पाउँदा भत्ता बुझ्दा नागरिक भने खुसि भएका थिए।

सरकारले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्नु पर्ने नियम लागू गरेपछि विशेष गरि जेष्ठ नागरिक अशक्त हरुले जयगढमा सुरक्षा भत्ता बुझ्न निकै अप्ठ्यारो हुने भएपछि उहाँहरुको सहजताका लागि वडा कार्यलय र वडा कार्यलय समेत नआउन सक्ने नागरिकलाई घर घरमै गयर भत्ता वितरण गरिएको बान्निगढि जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का बताए ।

सरकारले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्नु पर्ने अनिवार्य गरेपछि बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्न केही ढिलो भएको अध्यक्ष खड्काले बताए ।

यस अघि गाउँपालिकाले वडा नं १ गाज्रा वडा नं २ जनालिकोट वडा नं ४ तिमिल्सिना र वडा नं ५ कालिकाका र वडा नं ६ दर्नाको माझिठाना पानीखालमा घर घरमा गएर सामाजिक सुरक्षा बितरण गरिसकेको छ।

तपाईको प्रतिक्रिया