Advertisement
SKIP THIS
आज देखि अंग्रेजी नयाँ वर्ष २०२१ सुरुवात

काठमाडौँ : गे्रगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ सुरु हुँदैछ ।

जिजस क्राइस्टलाई फाँ’सी दिएपछि इस्वी सन्को सुरुवात भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शा’सक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । वि’वादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् ।

वि’वाद भएपनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ ।                                                                                                              यो संवत् नेपालमा प्रचलनमा नभएपनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीड भाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।

तपाईको प्रतिक्रिया