Advertisement
SKIP THIS
भारतमा भेटिन थाले नयाँ स्वरुपका कोरोना सङ्क्र’मितहरु

नयाँ दिल्ली: भारतमा कोभिड १९ का नयाँ स्वरुपका सङ्क्र’मितहरु भेटिएको बताइएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हालैमात्र पाँच जना नयाँ सङ्क्र’मित भेटिएको समाचारमा जनाइएको छ।

योसँगै भारतमा कोभिडका नयाँ सङ्क्र’मितहरुको संख्या कम्तीमा पनि २५ जना पुगेको समाचारमा जनाइएको छ। उनीहरुलाई स्वास्थ्य सुविधा रहेको आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी गराएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

कोेभिड १९ को यो नयाँ स्वरुपको भाइरस सबैभन्दा पहिला बेलायतमा भेटिएको हो। बेलायतमा देखिएको यो नयाँ भाइरसपछि बेलायतमाथि विश्वका दर्जनौँ देशहरुले यात्रा प्रतिबन्ध लगाएका छन्।

भारत सरकारले पनि गत हप्तामात्र बेलायतबाट भारतमा र भारतबाट बेलायतमा हुने हवाई उड्ययनमा प्रतिबन्ध लगाएको बताएको थियो।

यसअघि र यो पछिल्लो पटक देखिएका यी सङ्क्र’मितहरुका बारेमा भने भारतले केही सूचना दिएको छैन। उनीहरुलाई सरकारले नै स्वास्थ्यकर्मीहरुको सहयोगमा आइसोलेसनमा राखेको बताइएको छ। -सिन्ह्वा

तपाईको प्रतिक्रिया