धनगढी: नवनियुक्त वन तथा वातावरण मन्त्री प्रेम आलेले नेकपा (प्रचण्ड–माधव) समूहका नेता भीम रावल विरु’द्ध वि’ष ओकलेका छन्।
बुधबार केपी शर्मा ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा मन्त्री आलेले नेता रावलले सुदूरपश्चिमका लागि एउटा काम पनि नगरेको आ’रोप लगाएका छन्। आलेले धनगढीमा रावलले आफुलाई ‘चोर’लाई साँचो बुझाइएको’ भन्ने अभिव्यक्ति दिएका प्रति आ’पत्ति जनाएका छन्। उनले भने ‘डाक्टर भीम रावलले सुदूरपश्चिमलाई डिकबन्दी राखेर ४ पटक उपप्रधानमन्त्री पटकपटक पैताला चाटेर भएको कुरा याद गर्नुहोस्। उहाँले सुदूरपश्चिमका लागि एउटा पनि माखा मा’र्न सक्नुभएन्। त्यसैले अब भीम रावलले गर्दै आएको दा’दागिरी सकियो। उहाँको अ’न्त्य निश्चित छ।’
यस्तै उनले पार्टी फुट्नुमा भीम रावलको हात भएको आ’रोप लगाएका छन्। ‘पार्टीका नेतालाई यता उस्काउने उता उस्काउने काम मात्रै हो डाक्टर रावलको। यो पार्टी फुटाउन उनै डाक्टर रावलको हात छ’ उनले आक्रो’शित हुँदै भने।
यस्तै मन्त्री आलेले १७ गते आफु डोटी जाने र ओली पक्षमा कति कार्यकर्ता छन् भनेर नेता रावललाई देखाउने चुनौती दिएका छन्।
मंगलबार धनगढीमा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको सभामा बोल्दै नेता भीम रावलले वन मन्त्री आलेलाई चो’रको संज्ञा दिएका थिए।