सम्वाददता- साँफेबगर नगर उपप्रमुख विर्मलादेवि वुड्थापाले जन्मदिानको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकी छन् ।
३८ औँ जन्मउत्सवको अवसरमा उपप्रमुख वुड्थापाले साँफेबगर नगरपालिका वडा नं.४ मष्टमान्डौं स्थित हिमालय माविका आर्थिक अवस्था कमजोर भएका २५ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री बाडेकी हुन ।
जन्मोत्सवको अवसरमा अधिकांसले केक काटेर जन्म दिन मनाउने गरे पनि विद्यार्थीहरुको शैक्षिक स्तरमा टेवा प¥याउने उद्धेश्यले कापि कलम वितरण गरीएको उपप्रमुख वुड्थापाको भनाई रहेको छ । फजुल खर्च बचाएर विद्यार्थीको अध्ययनमा सहज पु¥याउने हेतुले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको उनको भनाई रहेको छ ।
दोस्रो पटक बालबालिकाका माझ जन्मदिन मनाउँदा निकै खुशी लागेको उनको भनाई रहेको छ । अघिल्लो वर्ष नगर उपप्रमुख वुड्थापाले पातलकोटका वालवालिकालाई शैक्षिक सामग्रि वितरण गरेकी थिईन।
साँफेबगर नगरपालिकाका प्रवक्ता वालगिरी कुँवरले जन्मदिनका अवसरमा फजुल खर्च गरि तडकभडक रुपमा मनाउने पछिल्लो पुस्तालाई उपप्रमुखको यो कार्यले समाज परिवर्तनको सन्देश दिएको बताए ।
यस्तै कार्यपालिका सदस्य जीतबहादुर नीशानीले सवैले जन्म दिनको अवसरमा सामाजिक क्षेत्रमा रचनात्मक काम गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढकेन्द्र कुँवरले जन्म दिनको अवसरमा महँङ्गा उपहार र भव्य पार्टीको आयोजना गरी गरिने फजुल खर्चको सट्टा सामाजिक कार्यक्रमा खर्च गर्नुपर्ने धारणा व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर वुढाले सहयोगी उपप्रमुख वुड्थापालाई धन्यवाद दिँदै जन्मदिनको अवसरमा विद्यालयप्रति देखाएको माया र सद्भावले हौसला थपेको बताए ।
रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक तपेन्द्र कुँवरले अरुलाई बदल्नु छ भने राम्रा, असल र सकारात्मक पक्षको अनुसरण आफैबाट सुरुवात गर्नु पर्नेमा जोड दिए ।