काठमाडौ :भोलि(बुधबार) अर्थात पुस १५ गते सरकारले सार्वजनिक बिदा दिने भएको छ।
किराँत जातिको उधौली पर्व, योमरी पुन्हि-ज्यापू दिवस(धान्य पूर्णिमा), तमू ल्होसारको अवसरमा सरकारले बिदा दिने भएको हो।
उक्त दिन सार्वजनिक बिदा दिनका लागि सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ।
तर उक्त बिदा सबैको हकमा नभएर सम्बन्धीत जातजातिलाई मात्र दिइने राजपत्रमा उल्लेख छ।