निराकरण सम्वाददता अछाम -बान्निगढि जयगढ गाउँपालिका नागरिक लाई घर घरमै सामाजिक सुुरक्षा भत्ता बितरण कार्य अन्नतरगत अाज वडा नं ५ कालिका बाजकोट र वडा नं ६ दर्ना माझिठानामा बितरण गरिएको छ।
बान्निगढि जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का सुरक्षा कर्मि पत्रकारको रहोबरमा बैकका कर्मचारीले वडा नं ५ कालिका बाजकोटका ९१ र वडा नं ६ दर्ना माझिठाका ३५ जना सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिक अशक्त एक महिला गरि करिव १ सय २६ नागरिकलाई सामाजिक सुुरक्षा भत्ता बितरण गरिएको सिभिल बैंक जयगढ शाखा यज्ञमान खड्काले जानकारी दिए।
पहिले वडा कार्यलय बाटै अाफुले भत्ता बुझ्ने गरेको तर सरकारले बैंक मार्फत लिनुपर्ने बाध्यता गरेपछि अाफु जस्ता जेष्ठ नागरिकलाई निकै अप्ठ्यारो परेको तर गाउँपालिकाले घरमै अायर भत्ता दिदा स्थानिय सरकार भएको महसुस गरेको बान्निगढि जयगढ गाउँपालिका वडा नं ५ कालिका बाजकोटका उज्जले दमाईले बताए ।
आफ्नो घर बाट भत्ता बुझ्नको लागि २ घण्टा हिडेर जानै लाग्ने तर गाउँपालिकाले घरमै आएर भत्ता दिएकाे वडा नं ६ दर्नाका ८२ बर्षिय भिम प्रशाद ओझाले बताए ।
सरकारले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्नु पर्ने नियम लागू गरेपछि विशेष गरि जेष्ठ नागरिक अशक्त हरुले जयगढमा सुरक्षा भत्ता बुझ्न निकै अप्ठ्यारो हुने भएपछि उहाँहरुको सहजताका लागि वडा कार्यलय र वडा कार्यलय समेत नआउन सक्ने नागरिकलाई घर घरमै गयर भत्ता वितरण गरिने बान्निगढि जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का बताए ।
सरकारले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्नु पर्ने अनिवार्य गरेपछि बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्न केही ढिलो भएको अध्यक्ष खड्काले बताए ।
यस अघि गाउँपालिकाका वडा नं १ गाज्रा वडा नं २ जनालिकोट वडा नं ४ तिमिल्सिना र वडा नं ५ कालिकाका केही स्थानमा घर घरमा गएर सामाजिक सुरक्षा बितरण गरिएको बाकी रहेका वडामा समेत घर घरमै गयर सामाजिक सुरक्षा बितरण गरिएको गाउँ पालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए । सच्याईको भत्ता बितरण गर्ने लिस्टमा दर्नाका धेरै नाम हुदा हेर्ने क्रममा तलमाथि हुन गई नबाडेमा ब्याक्तीको नाम पर्न गएको हुदा सच्याईको छ।
यस समाचारले पाठक बर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौ। सम्पादक