Advertisement
SKIP THIS
महेश बस्नेतले दिए प्रचण्ड नेपाललाई यस्तो चेतावनी

काठमाडौं : नेकपा केपी ओली समूहका नेता महेश बस्नेतले तत्कालीन एमालेको पार्टी कार्यालयमा आँखा नलगाउन चुनौती दिएका छन् ।

शनिबार ललितपुर क्षेत्र नम्बर १ मा भएको भेलालाई सम्बोधन गर्दै उहाँले बल्खुमा रहेको कार्यालयमा आँखा लगाए तत्कालीन माओवादी केन्द्रको कोटेश्वर पेरिसडाँडामा रहेको पार्टी कार्यालय कब्जा गर्ने चेतावनी दिए।

उहाँले पार्टीको निर्वाचन चिन्ह सूर्यमा आँखा नलगाउन पनि चेतावनी दिए । प्रचण्डको चुनाव चिन्ह हँसिया हतौडा भएकाले माधव नेपाल र झलनाथ खनालाई सोही चिन्हमा चुनाव लडन भन्दै सूर्य चिन्ह केपी ओलीको रहेको उनले दावी गरे । सूर्य चिन्हतिर आँखा नलगाउने अधिकार कसैको नभएको उहाँको भनाइ छ ।

ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दावी गर्दै उनले निर्वाचन आयोग र सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गर्ने दावी गरे ।

तपाईको प्रतिक्रिया