Advertisement
SKIP THIS
भीम रावललाई ज्या’न मा’र्ने ध’म्की दि’नु पछाडिको यस्तो र’हस्य खु’लासा

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र भागबण्डा नपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फुट देखिएको छ । सँगसँगै दुवै गुटका नेताहरु विाजित भएका छन् ।

नेताहरु विभाजित मात्रै भएका छैनन्, एकअर्काका कर्तुतको खुलासा गर्ने र आ’रोप लगाउने गरिरहेका छन् । नेकपाका नेता भीम रावल हाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाको पक्षमा लागेका छन् ।

नेकपा एकीकृत हुँदा पनि प्रधानमन्त्री ओलीका गलत कार्यको खुलेर विरोध गर्ने नेता भीम रावल फेरि ओलीविरुद्ध खनिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै नेता रावलले बालुवाटारबाट आफूलाई ज्यान मार्ने धम्की आउनुको रहस्य समेत खुलाएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर आगामी बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपनि नेता रावल यसको विरोध गरिरहेका छन् ।

‘यो निर्वाचन गर्नका लागि घो;षणा गरिएको होइन । सबै कुरा लात हान्ने व्यक्तिले इमान्दारिपूर्वक निर्वाचन गराउनुहोला भन्नेमा शंका छ । भविष्यको गर्भमै छ,’ उनले भने, ‘ह’त्या र बला’त्कार प्र;रणमा हामीले स्थायी कम;िटी, केन्द्रीय कमिटी र सचिवालयमा विरोध गरेकै हो । म त बोलेको बोल्यै छु तर मलाई प्रतिपक्षीको भूमिका निर्वाह गर्‍यो भनियो । म;लाई ज्यान मा;र्ने धम;्की स;मेत दिइयो ।’

ओली पक्षधर नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसदीय दलमा मतदान गर्ने प्रस्तावमा प्रचण्ड–नेपाल पक्षले नमानेको भनेर दाबी गरेको कुरामा कुनै सत्यता नभएको समेत रावलले बताए । ‘यो कुरा शतप्रतिशत झुट हो । ओलीले संसदीय दलको बैठक बोलाउन मान्नुभएन ।’

नेता रावलले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिइएको भनेर गरिएको प्रचार गलत रहेको बताए । ‘हामीले के काम गर्न दिएनौं ? रेल अहिले कात्रो ओढाएर राखिएको छ । फलामहरू चोरी हुँदैछ । त्यही पनि हामीले रोकेनौं । जहाज चलाउँछौं भन्नुभयो, हामीले रोकेनौं । रातारात झिलिमिली पार्छु भन्नुभयो, हामीले रोकेनौं । निजगढ, पोखरा, भैरह;वा विमानस्थल हामीले बनाऔं भनेकै छौं । तर हामीले जनघाती कामको भने विरोध गरेका छौं ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा आक्रोश पोख्दै रावलले भने, ‘संविधानको कुन धारामा संसद विघटनको अधिकार दिइएको छ ? उहाँले संविधानको धारा ७६ अनुसार विघटन गरें भन्नुभएको छ । तर संविधानको धारा ७६ मा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन । म उहाँले सुन्ने गरी भन्न चाहन्छु कि उहाँ पनि देशभरबाट प्रत्यक्ष निर्वाचित होइन । एउटा जिल्लाबाट मात्रै जितेको हो । उहाँ पदको लागि मरिहत्ते गर्नुहुन्छ भन्ने कुरा त यो घटनाले पनि पुष्टि गरेको छ ।’

नेकपाको ७ दशक लामो इतिहासमा दुःखद घटना भएको उनले बताए । ‘विगतका फुटका शृंखलाको अन्त्य गरेर नेपाली जनताको स्वाभिमानलाई उचो पारेर अघि बढ्छौं भनेर स्वयं ओली र प्रचण्डले प्रतिज्ञा गर्नुभएको थियो । तर ओली त्यो प्रतिज्ञामा टिक्नुभएन,’ उनले भने, ‘हामीले बरु उहाँहरूलाई ध्यानाकर्षण गराएका थियौं । ओली प्रम हुने कुरा लगभग निश्चित थियो, भारतीय विदेशमन्त्रीलाई आमन्त्रण गरेर गलत काम र कदम चाल्नुभयो । सोल्टीमा विदेशी महिलाले आयोजना गरेको होलीवाइन कार्यक्रममा सोल्टी होटलमा ४–४ दिन बस्नुभयो । यो पनि आपत्तिजनक थियो । हामीले विरोध गर्‍यौं । भारतीय चलचित्रकर्मीलाई डेढ अर्ब खर्च गरेर सम्मान गर्ने निर्णय गर्नुभयो, हामीले विरोध गरेपछि रोकियो । भारतबाट आयात गरिने तरकारी परीक्षण गरेर मात्रै भित्र्याउने भन्यौं, पछि उहाँले राष्ट्रसामु माफी माग्नुभयो । ओलीजीले आजकाल के भन्नुहुन्छ भने, मलाई काम गर्न दिइएन भन्नुभयो । हो, हामीले देश हितमा नभएका काम नगर्न भन्यौं ।

जस्तो, बिमस्टेक सम्मेलनमा उहाँले संयुक्त सैन्य अभ्यास भारतको पुनेमा गर्ने सहमति गर्नुभयो । तर हामीले आपत्ति जनायौं । अन्तर्राष्ट्रिय समितिले आपत्ति गर्‍यो । कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले सुरक्षाकर्मी राखेको छ । भारतले राजनीतिक नक्सामा समेत त्यो भूभाग समावेश गर्‍यो । हामीले आवाज उठायौं । हामीले नक्सा प्रकाशनको लागि दबाब दियौं । तर उहाँले सुन्नुभएन । जब भारतीय रक्षामन्त्रीले सडक खुलाउनुभयो, तब उहाँले नक्सा प्रकाशन गर्छु भनेर भन्न बाध्य हुनुभयो । उहाँले संसदमा भाषण गरेको स्मरण गर्छु कि नक्सा किन प्रकाशन गर्ने ? बरु भूमि ल्याउने हो नि भनेर भन्नुभयो । तर आजकाल नक्सा प्रकाशन गरेकाले हटाउन खोजियो भन्नुभयो । प्रधानमन्त्रीजस्तो मान्छेले तथ्यहीन कुरा गर्न सुहाउँछ ?’

ओलीलाई लिम्पियाधुरा सहितको नेपालको नक्सा नचाहिएको आरोप समेत रावलले बताए । ‘नेपालको पाठ्यक्रममा पनि नेपालको नयाँ नक्सा समावेश गर्न अवरोध भयो, रातारात त्यो पुस्तक रोक्न लगाउनुभयो । पुस्तिकामा किन प्रतिबन्ध लगाउनुभयो ? उहाँले नक्सा प्रकाशन गर्न चाहनुभएको थिएन । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भारतले फिर्ता गर्नुपर्छ भनेर आवाज उठ्ने भयो भनेर संसद विघटन गर्ने काम भयो । कतै यो षड्यन्त्रको अंग त होइन भनेर अहिले आशंका गरिएको छ । अमेरिकाको होम ल्यान्ड सेक्युरिटी छ, त्यसलाई नेपाल भित्र्याउने गरी एग्रिमेन्ट गर्नुभयो । पार्टनरशीप एग्रिमेन्टको कागजपत्र पेश गर्न संसदको अन्तर्राष्टिय सम्बन्ध समितिले उहाँलाई पत्राचार गर्‍यो, समिति सभापतिले पटक–पटक कागजजात पेश गर्न भनियो, अहिलेसम्म पेश भएन,’ उनले भने ।

पार्टीको पुस १ गते बसेको स्थायी कमिटीको बैठकबारे सुनाउँदै रावलले बैठक बस्नुअघि नै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको सुनाए । उनले भने, ‘पार्टीको स्थायी कमिटी बैठक पुस १ गते बस्दैथियो । संवैधानिक परिषद्को प्रावधानमाथि हमला गरेर संशोधन विधेयक ल्याउनुभयो । उहाँ कस्तो प्रधानमन्त्री हो ? पहिले फिर्ता गरेको विधेयक फेरि ल्याउनुभयो । राष्ट्रपति केपी ओलीको मात्रै राष्ट्रपति हो कि ? संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै हामी शितलनिवास गएका थियौं, हाम्रो समावेदन किन दर्ता भएन ? देशभक्त जनताले सोध्नुपर्छ । हामी ८ घण्टा शितलनिवास बस्यौं । जनतालाई न्यायको लागि अपिल पनि गर्न चाहन्छु । देश हाँक्छु भन्ने व्यक्तिले संसद विघटन गर्ने । बोली यस्तै हुन्छ ? यस्तै ढाँट र छल गर्ने ? मैले उहाँको भाषण सुनें । प्रतिनिधिसभा विघटन गर्नेजस्तो जाली कोही हुन्छ ?’

भदौ २६ गते नेकपाको स्थायी कमिटीले निर्णय गरिसकेपछि सहमतिमा अध्यक्षद्वय ओली र प्रचण्डको हस्ताक्षर रहेको पत्र देखाउँदै सहमतिबाट ओली पछि हटेको नेता रावलले बताए । ‘संसारको कुनै पनि इमान्दार नेता र व्यक्ति आफैंले गरेको हस्ताक्षरको विरोधमा जान सक्छ ? हामीले संयुक्त प्रयासबाट नाकाबन्दीको सामना गर्‍यौं अनि नाकाबन्दी हट्यो । तर बहुमत प्राप्त गरेपछि जे मन लाग्यो त्यही गर्ने ? जंगबहादुर पनि कतिपय कुरामा मैले जे जे गरे सही गरे भन्ने कुरामा कमै छन्,’ उनले भने, ‘नेकपाको भविष्यलाई अन्धकारमा धकल्ने काम उहाँबाट भयो । त्योभन्दा महत्त्वपूर्ण र खतरनाक के हुन्छ ? कति मान्छे औषधि नपाएर अहिले मरिरहेका छन् ।’

नेता रावलले ओलीसँग २९ प्रतिशत पनि केन्द्रीय सदस्यहरू नरहेको जिकिर गरे । उनले भने, ‘हाम्रो पक्षमा २८७ केन्द्रीय सदस्यहरूको हस्ताक्षर छ । अहिले त ३२५ जनाको हाराहारीमा छौं, पार्टीको विधान नमान्ने व्यक्तिले देशको कानून मान्छ होला र ?’

नेता रावलले ओलीले पार्टीको विधानसमेत कुल्चिएको आरोप लगाएका छन् । ‘उहाँ पार्टीमाथि अपराध गर्ने कुकृत्यमा लाग्नुभयो । हुन त उहाँ संसदीय व्यवस्थाको हवाल दिनुहुन्छ । यो हाम्रो संसद आफ्नै खालको विशेषयतायुक्त छ । कुनै पनि प्रधानमन्त्रीले संसद भंग गरेपछि निजले राजीनामा दिनुपर्छ । राष्ट्रपतिले अर्को प्रधानमन्त्री नियुक्त नहुञ्जेलसम्म तपाईंले कार्यसञ्चालन गर्न भनिने हो । राष्ट्रलाई दीर्घकालीन प्रभाव पार्ने काम गर्न पाइँदैन,’ उनले भने, ‘मैले विशेष सूत्रबाट थाहा पाएअनुसार मन्त्री हुनेलाई पनि थाहा छैन । मन्त्री बनाइसकेपछि बसेको मन्त्रिपरिषद् बैठकमा १ जना मन्त्रीले मलाई यो मन्त्रालयबाट अर्को मन्त्रालयमा सरुवा गर्दा पनि थाहा दिइएन, कम्तिमा भनेको भए त हुन्थ्यो नि भनेर भन्नुभयो अरे । यस्तो पनि हुन्छ र ?’

एनसेलको करको मुद्दा अहिले अमेरिकाको मध्यस्थतामा चलिरहेको समेत उनले बताए । एनसेल कर मुद्दामा देशको हितको पक्षमा अडान लिएका कारण कानून मन्त्रीबाट डा. शिवमाया तुम्बाहाम्फेलाई हटाइएको पनि नेता रावलको आशंका छ । ‘यसअघिका कानूनमन्त्रीले एनसेलको मुद्दामा देशको पक्षमा अडान लिनुभएको मैले सुनेको छु । तर अहिले युवराज खतिवडालाई राजदूत बनाइनु पनि त्यही हो । यो चलखेलमा प्रधानमन्त्री ओलीले ठप्पा लगाउनुभएको छ । यसबारेमा पत्रकारले खोजबिन गर्नुहोला,’ उनले भने ।

तपाईको प्रतिक्रिया