Advertisement
SKIP THIS
गायक प्रेमराजा दम्पत्तीलाई कोरोना संक्रमण

वासिंटन : परिवारसहित लामो समयदेखि अमेरिका बस्दैआएका गायक प्रेम राजा महत र उनकी पत्नी कविता महतलाई कोरोनाभाइरसको संक्रमण भएको छ। महतले आफ्नै फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् ।

प्रेमराजाले हाल आफूहरु घरकै कोठाभित्रै सुरक्षित तरिकाले बसिरहेको जानकारी दिएका छन् । साथै चिकित्सक समेत रहेका छोरा सरगमको स्वास्थ्य निरीक्षण र निगरानीमा रहेको उनले जनाए ।

अमेरिकाको बाल्टीमोरमा व्यवसाय समेत सञ्चालन गर्दैआएका गायक महत अमेरिकाका लागि नेपाली महावाणिज्यदूत पनि हुन् ।

गायक महतले फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै :

समुदाय का सम्पुर्ण दिदीबैनी दाजुभाई तथा ईष्टमित्रहरू मा हार्दिक अपिल । यदी हामीले समयमै शतर्कता अपनाएनौँ भने बिश्व महामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाऊनेवाला छैन । ध्यान राख्दा राख्दै दुर्भाग्यबस् हाम्रो श्रीमान श्रीमती पनि यसबाट बँच्न सकेनौँ । हामी अहिले आफ्नै घरको एक एक कोठामा आईसोलेसनमा छोरा डा. सरगम महत को निरिक्षण र निगरानीमा बसेका छौं।

यदी हाम्रो परिवार वाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्ति पनि शर्म नमानिकन यो रोगलाई गोप्य नराखी समुदायलाई सु-सुचित हुने मौका दिनु हुनेछ भन्ने पुर्ण विश्वासका साथ हजुरहरूमा हार्दिक अनुरोध गर्दछु। ईमान्दारिताले गर्दा देश, समुदाय , स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्न जाने छ। जय पशुपतिनाथ।

तपाईको प्रतिक्रिया