Advertisement
SKIP THIS
चीनले गर्यो मंगल यानको प्रक्षेपण

चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । संयुक्तराज्य अमेरिकाले पनि मंगलग्रहको अध्ययनका लागि आगामी जुलाई ३० मा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ । दुबै मुलुकबीच अथाह खगोलीय पिण्डहरुको खोजीमा अहिले प्रतिस्पर्धाकै स्थिति उत्पन्न भएको छ ।

चीनले आफ्नो मंगल अभियानलाई तियानवेन–१ (स्वर्गको जिज्ञासा) राखेको छ। चीनको हेनान प्रान्तबाट प्रक्षेपण गरिएको यस यानलाई चीनको लङ मार्च ५ बाट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको भन्दै इन्जिनियर र अरु कर्मचारीले खुशीयाली साटासाट गरेका थिए ।

साइट कमान्डर झाङ झुयुले राज्य संचालित सिसिटिभी टेलिभिजनबाट प्रक्षेपण अभियान सफल भएको घोषणा गरेका थिए । पाँच टन वजनको तियानवेन–१ करिब सात महिनापछि फेब्रवरी २०२१ मा ५ करोड ५० लाख किलोमिटरको यात्रा गरेर पृथ्वीमा फर्कने छ । यस मिसनमा एउटा मार्स अर्बिटर, एउटा ल्यान्डर र एउटा रोभर रहेको छ । यी उपकरणको मद्दतबाट मंगल ग्रहको माटोको अध्ययन गरिने चिनियाँ वैज्ञानिकहरुले बताएका छन् ।

हार्वर्ड–स्मिथसोनियन सेन्टरका अन्तरिक्षयात्री जोनाथन म्याडावेलले चीनले पहिलो पटक गरेको यस प्रयासबाट ठूलै उपलब्धि हासिल भइहाल्नेमा अहिल्यै आशावादी हुन नसकिने बताए । उनले अमेरिकाले पनि यस्तो परीक्षण पहिल्यै गरिसकेको बताए।

तपाईको प्रतिक्रिया