Advertisement
SKIP THIS
कर्णालीमा २४ घण्टाभित्र ३३ संक्रमित थपिए, १३ लाई निको भयो

सुर्खेत : कर्णाली प्रदेशमा २४ घण्टाभित्र ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने १३ जना निको भएर घर फर्किएका छन् ।

प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार २२ र जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण अनुसार ११ गरी ३३ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका ३३ संक्रमितमध्ये १८ जना दैलेखका छन् । यस्तै सुर्खेत १, कालिकोट १, जाजरकोट १, रुकुम पश्चिम १, पर्सा ३, बारा २, बाँके ३, अछाम १, महोत्तरी १ र काठमाडौँका १ जना छन् । यस्तै पछिल्लो २४ घण्टामा १३ जनाले कोरोना जितेका छन् ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ६३ पुगेको छ । हालसम्म कर्णालीमा एक हजार ९ सय ४५ जनाले कोरोना जितेका छन् । संक्रमण पुष्टि भएकामध्ये ६ जनाको मृत्यु भइसकेको छ । हाल कर्णालीका विभिन्न आइसोलेसनमा जम्मा २ सय १२ जना मात्रै छन् । कर्णालीमा हालसम्म ४९ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया