Advertisement
SKIP THIS
पर्सामा थप ५४ जनामा संक्रमण पुष्टि

वीरगन्ज : पर्सामा प्रहरी र स्वास्थ्यकर्मीसहित थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार अबेर राति गरिएको परीक्षणमा पर्साका मात्रै ५४ जनामा संक्रमण पुष्टि भएको हो।

शुक्रबार राति ४ सय ५० वटा स्वाबको नमुना परीक्षण गरिएकोमा पर्साका ५४ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको हो। शुक्रबार राति संक्रमण पुष्टि भएका ५४ जनामध्ये सबैभन्दा बढी पर्सागढी नगरपालिकाका २५ जना रहेका छन्। यस्तै वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका १८ जना, पकाहामैनपुर गाउँपालिकामा २ स्वास्थ्यकर्मी सहित ३ जना , ठोरी गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकामा ३-३ जना र सखुवा प्रसौनी गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एक प्रहरीमा पनि संक्रमण भेटिएको प्रयोगशालाले जानकारी दिएको छ। ५४ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या १ हजार ७ सय ९० पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

तपाईको प्रतिक्रिया