Advertisement
SKIP THIS
सिंगापुरको होटलमा भारतीय नागरिक ‘कोरोना’ भन्दै चिच्याएपछि…

सिंगापुर : सिंगापुरको एक होटलमा ‘कोरोना, कोरोना’ भनेर चिच्याउँदै भुइँमा थुक्ने भारतीय मूलका एकजना पक्राउ परेका छन् ।

उनलाई दुई महिनाको लागि जेल सजाय दिइएको छ । यही बिहीबार अचानक जसविन्दर सिंह मेहर सिंह नामका ती मानिस होटल चांगाइ एयरपोर्टको भुइँमा थुक्दै अचानक ‘कोरोना कोरोना’ भन्दै चिच्याए ।

मिडियाका अनुसार ५२ वर्षीय ती व्यक्तिलाई सार्वजनिक रुपमा होहल्ला गर्ने र गलत हल्ला फैलाएको आरोप लगाइएको छ । उनले वेटरको आग्रह समेत अस्वीकार गर्दै चिच्याउँदै भुइँमा थुकेको बताइएको छ । उनले अब कम्तिमा ५५ दिनको जेल सजाय भोग्नुपर्नेछ ।

उनलाई उत्पीडन जन्य आपराधिक कार्य गरेको भन्दै जनवरीमा पनि ६ महिना ५ हप्ताको जेल सजाय सुनाइएको थियो । यस पटक होटलका वेटरले रेस्टुरेण्ट बन्द भइसकेको जानकारी दिइसकेपछि यस्तो हर्कत गर्न थालेका हुन् ।

तपाईको प्रतिक्रिया